३ साउन, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले रिमाल र खतिवडालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
एमालेका उपमहासचिवसमेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा सोही भूमिकामा थिए ।
खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए । अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए । खतिवडा पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।



