Epost Nepal

संविधान हामीले ल्याएको हो, संविधानको रक्षा हामी गर्छौं, हामीलाई कुनै अर्ति उपदेश आवश्यक छैन: नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक

२८ असार, काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान छुनै नहुने विषय नभएको बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उनले संविधानमै १० वर्षपछि पुनरवलोकन गर्न सकिने व्यवस्था रहेको बताए ।

“के संविधान छुनै नहुने विषय हो । संविधान पाठ गर्नका लागि लेखिएको पुस्तक हो ? होइन । संविधानको धारा २६५ ले यस भागमा लेखिएको विषयहरूको बारेमा १० वर्षपछि पुनरवलोकन गर भन्छ,” उनले भने ।

उनले संविधान आफैँले पुनरवलोकन गर्न भनेकोमा पश्चगमन हो भनी प्रश्न गरे । संविधानलाई थप समृद्ध गर्ने कुरा गलत नहुने उनको भनाइ छ । उनले जनताको स्वामित्व स्थपना हुन नसके कमजोर हुने बताए ।

सहमतिका आधारमा संविधान संशोधन गर्न पहल कसैले लिनुपर्ने भएकाले आफूहरूले त्यसको नेतृत्व गरेको उनले बताए ।

लेखकले संविधान संशोधनको विषयमा अरूलाई निषेध नगरिने बताए । लेखकले समावेशिता, लोकतन्त्र समाप्त हुने भाष्य नबनाउन आग्रह गरे ।

“संविधान हामीले ल्याएको हो । संविधानको रक्षा हामी गर्छौं । हामीलाई कुनै अर्ति उपदेश आवश्यक छैन,” उनले भने ।

उनले संविधानलाई चलायमान बनाउन निरन्तर समीक्षाको आवश्यकता पर्ने बताए । दुई पार्टी मिल्दैमा आत्तिनुनपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस र एमालेमा मात्रै धुलो नदेख्न आग्रह गरे । उनले अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search