Epost Nepal

आफ्नो जादुमय गतिविधिले सरकारबाट हटाउन सजिलो नभएको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई

८ असार, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गरे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘अब हामी छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अव यो अन्तिम समयसम्म साथीहरू, नेताहरू कार्यकर्ताहरू कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं । र तपाईहरूले पनि जिल्ला जिल्लामा अभियान बनाएर जानुस । मैले पार्टीमा पनि यो सोच्दैछु । र अहिलेको नयाँ परिस्थितिमा हुन त मिडियामा आजकाल यो सोसल मिडियाको जमाना छ । आईटीको जमाना त छँदैछ । त्यसले मानिसको दिमाग भित्र विभिन्न खालको विचारहरू हुल्दिने गरेको छ । राम्रा भन्दा नराम्रा, सकारात्मक भन्दा नकारात्मक कुराहरू हाल्दिने गरेको छ । त्यसले प्रभाव पार्ने गरेको छ ।’

सरकारमा रहँदासम्म भ्रष्टाचार,सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरूबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि दोहोर्‍याए । उनले भने, ‘हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुराहरू आउँछन । अर्कोले कुरा गर्दैछ रे–केही दिन पछि सरकार जाँदैछ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोशिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएको मैले नै भन्थे–सायद मलाई सबै मिलेर धेरै दिन बस्न दिन्नन् होला । अब जति दिन बसिन्छ, भ्रष्टाचारको विरुद्ध पनि गतिविधि गर्ने हो । जतिदिन बसिन्छ, सामाजिक न्यायको निमित पनि काम गर्ने हो । जति दिन बसिन्छ, समृद्धिको निम्ति पनि काम गर्ने हो भनेको अहिले डेढ वर्ष भयो । तर म बसेकै छु । र मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । सजिलो छैन हामीलाई । हामीलाई हटाउन सजिलो छैन ।’

उनले आफूलाई हटाउन नसक्ने कारणबारेभने, ‘इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । जादु नम्बर छ हाम्रो । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन । तैपनि हामीले राजनीतिक दलसँग जे सम्झदारी गरेका छौं । त्यो समझदारीप्रति हामीले जहिले पनि इमान्दारिता अपनाएका छौं । हामी इमान्दारपुर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौं । त्यसकारण आजै केही हुन्छ कि, भोली केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो । त्यतापट्टी तपाईहरूले दिमाग लानै पर्दैन । तपाईहरू ढुक्कसँग आफनो काम गर्नुहोला । ’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search