Epost Nepal

खेलकुदमन्त्रीलाई देवेन्द्र पौडेलको सुझाव: राजीनामापत्र लेखेर निरुत्साहित हुनेभन्दा मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्नूस्

५ असार, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले राजीनामापत्र लेखेर निरुत्साहित हुनेभन्दा पनि मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्न युवा तथा खेलकुदमन्त्रीलाई सुझाव दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा भाग लिँदै सचिव पौडेलले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् ।

उनले युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट प्रतिशतको हिसावले युवा तथा खेलकुद मन्त्रालयलाई थोरै भएको बताए । उनले थोरै बजेटलाई वृद्धि गर्न लाग्नुपर्ने मन्त्रीले राजीनामा लेखेर निरुत्साहित हुन नहुने बताए ।

पौडेलले खेलकुदमन्त्री आफैँ युवा भएकाले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि बजेट थप गर्नेगरी पहल गर्न आग्रह गरे ।

उनले युवा तथा खेलकुद मन्त्रालयले बजेट अनुसारका नयाँ–नयाँ कार्यक्रम थप गरी खेलकुदको विकासमा लाग्न आवश्यक रहेकोमा जोड दिए । उनले सातै प्रदेशमा खेलकुद मैदान निर्माणका लागि योजना बनाएर लैजान आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search