Skip to main content

Epost Nepal

नक्कली सवारी चालक अनुमति पत्र प्रकरणमा उपसचिव सहित पाँच जना पक्राउ

२ असार, काठमाडौं – नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उपसचिव सहित पाँच जनालाई पक्राउ गरेको छ ।

सीआईबीले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित ५ जनालाई आईतबार पक्राउ गरेको हो ।

यसैगरी सीआईबीले पाल्पा तानसेन नगरपालिका-३ का पदम राज आचार्यलाई पक्राउ गरेको छ । उनी हाल यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अपरेटर हुन् ।

त्यस्तै, यातायात व्यवस्था कार्यालयका तत्कालीन शाखा अधिकृत पाल्पाको तानसेनका सुवास पौडेल, यातायात व्यवस्था कार्यालय जनकपुरका सहायक कम्प्युटर अपरेटर दिलिपकुमार शाह र यातायात व्यवस्था कार्यालय चितवनका सहायक कम्प्युटर अपरेटर राजेश लम्साललाई पनि पक्राउ गरेको  छ ।

उनीहरुले फर्जी विवरणहरु ईन्ट्री गरी सोका आधारमा गैरकानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनाविरुद्ध लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप भइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *