Skip to main content

Epost Nepal

गिरीबन्धु टी स्टेट प्रकरणबारे बालेनलाई सोध्नुस् : केपी शर्मा ओली

२१ जेठ, काठमाडौं – सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका ओलीले गिरीबन्धुबारे मेयर शाहलाई सोध्न भनेका हुन्।

मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी स्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए ।

सञ्चारकर्मीहरुको गिरीबन्धु टी स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्  !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *