Epost Nepal

सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुको निर्देशनअनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेकोले संसद्‌भित्र अप्रिय स्थितिको सिर्जना भयो : गगनकुमार थापा

३ जेठ, काठमाडौं  –  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशनअनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेकोले संसद्‌भित्र अप्रिय स्थितिको सिर्जना भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकपछि बिहीबार पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसद्‌भित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएकोले त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताए ।

उनले संसद्‌मा जबर्जस्ती कार्यसूचि प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको उल्लेख गरे ।

‘प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसद्‌भित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरु उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडि सत्तापक्षको तीनवटा पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर आएर जे-जति कुराहरु सदनभित्र गराउनका निम्ति निर्देशन दिइयो । हुबहु त्यसको पालना गरेको देखियो । कांग्रेसको अवरोधको बाबजुद पनि सदन अगाडि बढ्छ भन्ने हिजो एमालेको अध्यक्षले त्यसका बारेमा हुंकार गर्नुभएको र त्यसलाई पूरा गर्नका निम्ति सभामुखको पदको जिम्मेवारी पूरा भएको दृश्य आज हामीले सदनमा देख्यौं,’ महामन्त्री थापाले भने, ‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो यसको मूल जिम्मेवारी सभामुखले लिनुपर्छ । किनकि सदनमा जर्बजस्ती विषय कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय, अनपेक्षित स्थितिको सिर्जना गर्ने कामको मूल जिम्मेवारी सभामुखले लिनुपर्छ ।’

उनले सभामुखले आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्न चुकेको बताए । उनले भने, ‘आज सदनमा जे दृश्य देखियो । यो सन्दर्भमा सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भूमिका निर्वाह गर्नुपर्ने हो । त्यो निर्वाह गर्न सर्वथा चुक्नुभएको भन्ने हाम्रो ठहर रहेको छ ।’

महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै कांग्रेसका सांसदहरुलाई त्यस्तो नगर्न चेतावनी दिए । उनले सभामुखले जबर्जस्त बैठक अगाडि बढाएपछि कांग्रेसका सांसदहरुले विरोध गरेको भन्दै एमाले अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुलाई निर्देशन दिन खोजेको बताए ।

महामन्त्री थापाले संसदीय छानबिन समिति अनिवार्य सर्त भएको भन्दै समिति नबनेसम्म संसद्‌मा सरकारी काम, कारबाही अगाडि बढ्न नदिने बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search