Epost Nepal

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सहमतिबिनै सकियो

२५ बैशाख, काठमाडौं – सभामुख देवराज घिमिरेले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सहमतिबिनै सकिएको छ ।

कांग्रेसले सहकारीको बचत अपचलनको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेपछि बैठक सहमतिबिनै सकिएको हो ।

अघिल्लो अधिवेशनदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत सहकारीको बचत अपचलनमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । तर संसदीय समिति बनाउन सत्तारुढ दल तयार नभएपछि संसद्को अधिवेशन नै सकिएको थियो । अहिले बजेट अधिवेशन सुरू हुन लागेकाले कांग्रेसले आफ्नो अडान पुन राखेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search