२४ बैशाख, बुटवल – बुटवलमा अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले १३ जना भारतीयलाई पक्राउ गरेको छ ।
बुटवल उपमहनगरपालिका–९ कालिकानगरको कालिकापथमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।
पक्राउ पर्ने भारतीयहरुका विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउपर्ने मध्ये अधिकांश युवा छन् । उनीहरुले फ्ल्याट भाडामा लिएर अबाञ्छित गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मार्ने क्रममा १३ जना भारतीय युवाहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पक्राउ परेका युवाबाट उनीहरुले प्रयोग गर्ने गरेको मोबाईल र सट्टेबाजीका लागि आवश्यक पर्ने सामाग्री बरामद भएको प्रहरीले जनाएको छ ।



