Skip to main content

Epost Nepal

कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन गर्दैन: विश्वप्रकाश शर्मा

८ बैशाख, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन नगर्ने दाबी गरेका छन् ।

शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर नै कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए । इलामले अब परिवर्तन खोजेको भन्दै महामन्त्री शर्माले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनावी प्रतिष्पर्धामा सामेल हुनु उचित हुने बताए ।

‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्युको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संकल्प गर्नुहुनेछ,’ महामन्त्री शर्माले भने, ‘हामी राम्रोसँग चुनाव लडौँ । एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *