Epost Nepal

दीपेन्द्रसिंह ऐरीलेको नयाँ कीर्तिमान सँगै नेपाल एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजयी

१ बैशाख , काठमाडौं – दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएका छन् ।

यस सँगै नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पार्दै सेमिफाइनल तर्फ अग्रसर भएको छ । दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानमा भइरहेको प्रतियोगितामा कतारलाई ३२ रनले पराजित गरेको छ ।

मस्कट स्थित अल अमेरातमा कतारका बलर कामरान खानको अन्तिम ओभरको सबै बलमा छक्का प्रहार गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय १० रन बनायो । १९ बलमा अर्धशतक पुरा गरेका दीपेन्द्रले २१ बलमा अविजित ६४ रन बनाए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं खेलाडी हुन् । यसअघि दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ को ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिका किइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले पनि एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रले कुल ३ चौका र ७ छक्का प्रहार गरे । ओपनर आसिफ शेखले ४१ बलमा ६ चौकासहित ५२ रन बनाए । कुशल भुर्तेल १२, कप्तान रोहित पौडेल १८, कुशल मल्ल १८ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३५, सन्दीप जोरा ७ तथा गुलशन झा र विवेक यादव समान ५ रनमा आउट भए । कतारका हिमान्शु राठौड र मुसावर शाहले ३–३ विकेट लिए ।

जबाफमा आएको कतारले ९ विकेट गुमाई १ सय ७८ रन बनायो । कप्तान मोहम्मद तान्भिरले ३३ बलमा ६ चौका र ४ छक्कासहित ६३ र मोहम्मद अनाफले २३ रन बनाए । नेपालबाट दीपेन्द्र, ललित राजवंशी र गुलशनले २–२ तथा मल्ल र अविनाश बोहराले १–१ विकेट लिए ।

नेपालले शुक्रबार पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search