Epost Nepal

६१ वटा आरोहण दललाई हिमाल आरोहण अनुमति

१ बैशाख , काठमाडौं – विश्वकै सर्बोच्च शिखर सगरमाथासहित २१ वटा हिमाल आरोहण गर्न ४२ मुलुकका विदेशी आरोही नेपाल आइपुगेका छन् ।

जसमा संयुक्त राज्य अमेरिकाका ४८, चिनियाँ २५, जापानी १८, बेलायती १६, रसियाली १६, पोलिस ९, अस्ट्रेलियाली ९ जना छन् । यी मुलुकबाहेक अन्य ३५ मुलुकबाट न्यूनतम १ देखि अधिकतम ६ जनासम्म आरोहीहरू नेपाल आएका छन् । त्यसैगरी नेपालबाट हालसम्म ७ जनाले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागले फागुन १८ यता सगरमाथासहित पूर्वमा कञ्चनजंघादेखि पश्चिममा धौलागिरि हिमाल आरोहणका लागि ६१ वटा आरोहण दललाई सलामी दस्तुर लिई आरोहण अनुमति दिएको हो । जसमा १ सय १९ महिला र ४ सय २४ पुरुष गरी ५ सय ४३ जना छन् ।

आरोहण अनुमति जारी गर्दा विभागले २८ लाख ३६ हजार ९ सय ३३ अमेरिकी डलर (३७ करोड ७३ लाख ८३ हजार १ सय ६ रुपैयाँ) सलामी दस्तुर संकलन गरेको जनाएको छ । हालसम्म विभागले प्राप्त गरेको सलामी दस्तुरमध्ये ३३ करोड रुपैयाँ सगरमाथा आरोहण गर्ने दलबाट संकलन भएको छ । सगरमाथा आरोहणका लागि २२ वटा आरोहण दलबाट २ सय ३४ जनाले अनुमति लिएका छन् । योपछि सर्वाधिक सलामी दस्तुर मकालु हिमालबाट भएको छ । आरोहणमा जाने ४ आरोहण दलका ४५ सदस्यबाट विभागले १ करोड ७ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ ।

नेपालले ५ हजार ५ सय मिटरभन्दा अग्ला १३ सय वटा हिमालमध्ये ४ सय १४ वटा आरोहण तथा अन्य पर्यटकीय गतिविधिका लागि खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search