Skip to main content

Epost Nepal

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले दिए राजीनामा

१४ चैत्र, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्वडीआईजी रमेश खरेलले राजीनामा दिएका छन् ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले बुधबारबाट लागू हुने गरी जवाफको सट्टा राजीनामा पठाएका हुन् ।

एक टेलिभिजनमा खरेलले सहकारी ठगीमा मुछिएका लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए ।  यसैबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको हो ।

यसअघि खरेललाई रास्वपाले केन्द्रीय सदस्य बनाउन खोजे पनि जिम्मेवारी लिन भने अस्वीकार गरेका थिए।

खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *