Skip to main content

Epost Nepal

प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

९ पौष, काठमाण्डौं –  प्रधानमन्त्री पुष्पकमल दाहालले  तेस्रोपटक  प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे सम्बोधन हुनेछ । गत वर्ष पुस १० मा उनी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमालेसँगको गठबन्धन दुई महिनामै भत्केपछि उनी कांग्रेसकोसहितका दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।

एक वर्षमा सरकारका मन्त्री र सचिवहरूले सोचेअनुरूप काम गर्न नसकेको गुनासो प्रधानमन्त्री प्रचण्डको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *