Skip to main content

Epost Nepal

सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

३ पुस, काठमाण्डौं – सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग शेयर खरिदबिक्रीबारे लिखित जवाफ माग गरेको छ ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च्ले कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले एनसेलको शेयर खरिदबिक्री रोक्ने विषयमा अन्तरिम आदेश दिने/नदिने निर्णयका लागि छलफल गर्न यही पुस १६ गतेको पेसी तोकेको छ ।

सांसद सिंहले एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको दाबी गर्दै त्यसलाई रोकेर राज्यलाई आउने राजस्व असुल गर्नुपर्ने, कारोबारीलाई कानुनी दायरामा ल्याउनुपर्ने र अहिले भएको कारोबारमा रोक लगाउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *