Skip to main content

Epost Nepal

वीर अस्पतालको बर्तमान निर्देशक हटाएर नयाँ गरेको नियूक्तिमा सर्वोच्च अदालतको रोक

३ पुस, काठमाण्डौं – सर्वोच्च अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

आदेशसँगै  निर्देशकबाट डा. पौडेललाई  हटाएर डा. श्रवणकुमार थापालाई नियुक्त गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयनमा रोक लागेको छ ।

स्वास्थ्यमन्त्री बस्नेतले मंसिर १४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्देशक पदमा दुई वर्षको समयावधि तोकेर नियुक्ति दिइएको व्यक्तिलाई सो समयभन्दा अगावै हटाउने निश्चित कानुनी प्रावधान पालना नगरेको बताउँदै स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *