३ भदौ, काठमाडौं — नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
कांग्रेससँगको सहकार्य टुटेपछि अहिले कोशी प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार कांग्रेसले अब प्रदेशसभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ।