Skip to main content

Epost Nepal

ग्यास अभावबारे राष्ट्रिय सभा अध्यक्षलेद्वारा सरकारको ध्यानाकर्षण

२७ साउन, काठमाडौं — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बजारमा ग्यासको सहज आपूर्ति र बिक्री–वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन्।

बैठकको शून्य तथा विशेष समयमा राष्ट्रिय सभा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको विषय उठाएका थिए। जनस्तरबाट समेत ग्यास अभावबारे व्यापक गुनासो आइरहेको भन्दै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकाले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री–वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु,’ अध्यक्ष दाहालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *