Skip to main content

Epost Nepal

होर्मुज तनाव चुलियो, अमेरिकी सेनाको इरानमाथि नयाँ आक्रमण

२८ असार, काठमाडौं — होर्मुज जलसन्धिमा साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानमाथि यसै साताको तेस्रो चरणको सैन्य हमला गरेको छ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले उक्त सैन्य कारबाही भएको पुष्टि गरेको छ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा व्यावसायिक जहाजहरूमाथि भएका अघिल्ला आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै त्यसबारे समझदारी ज्ञापन पत्र पालना गर्ने अवसर दिइएको भए पनि इरान त्यसमा पुनः असफल भएको उल्लेख गरेको छ।

यसैबीच, इरानले अर्को सूचना जारी नभएसम्मका लागि होर्मुज जलसन्धि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ।

इरानको उक्त निर्णयपछि अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले गलत निर्णय गरेको टिप्पणी गर्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

सेन्टकमका अनुसार इरानी आक्रमणबाट उक्त कन्टेनर जहाजको इन्जिन कोठामा ठूलो क्षति पुगेको छ भने चालक दलका एक सदस्य बेपत्ता भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *