Skip to main content

Epost Nepal

संसद्को अवरोधबारे सभामुखको नयाँ प्रस्ताव, विपक्षीले मानेनन्

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले पछिल्ला ४० दिनदेखि प्रतिनिधिसभा बैठकको सुरुमै विरोध जनाउँदै आएका छन्।

लगातार एउटै विषयमा सबै विपक्षी सांसदहरूले बोल्दै विरोध गर्दै आएपछि सभामुख अर्यालले बिहीबार विपक्षी दलको तर्फबाट एक जनाले मात्रै धारणा राख्ने र त्यसपछि बैठकको नियमित कार्यसूची अघि बढाउने प्रस्ताव गरेका थिए।

सोही प्रस्तावअनुसार सभामुखले नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका थिए।

तर, विपक्षी दलहरूले एक जनाले मात्रै बोल्ने प्रस्तावमा सहमति जनाएनन्। त्यसपछि सभामुख अर्यालले विरोध गर्ने शैलीमा परिवर्तन गर्न आग्रह गरे।

उनले आफूले बारम्बार विरोधको विषयमा मात्रै केन्द्रित भएर बोल्न र त्यसबाहिर नजान आग्रह गर्नुपर्ने अवस्था आउनु उचित नभएको बताए।

सभामुख अर्यालले विरोध सुरु गरिएको विषयमै केन्द्रित भएर धारणा राख्दा त्यसको औचित्य पनि पुष्टि हुने उल्लेख गरे।

त्यसपछि उनले पुनः विपक्षी दलको तर्फबाट एक जना सांसदले सबैको प्रतिनिधित्व गरिसकेकाले अब बैठकको दैनिक कार्यसूचीमा प्रवेश गर्न अनुरोध गरे।

तर विपक्षी दलहरूले उक्त प्रस्ताव स्वीकार गरेनन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चार ऐन र एक नियमावली खारेज गर्न विधेयक संसद्मा

चार ऐन र एक नियमावली खारेज गर्न विधेयक संसद्मा

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर...
संसद्को अवरोधबारे सभामुखको नयाँ प्रस्ताव, विपक्षीले मानेनन्

संसद्को अवरोधबारे सभामुखको नयाँ प्रस्ताव, विपक्षीले मानेनन्

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त...
एमाले पुनर्गठन सुझाव संकलन कार्यदलको बैठक आज

एमाले पुनर्गठन सुझाव संकलन कार्यदलको बैठक आज

२५ असार, काठमाडौं — नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यदलको बैठक आज बस्ने भएको छ। पार्ट...
थ्रीजी सेवा बन्द गर्ने तयारीमा नेपाल टेलिकम र एनसेल

थ्रीजी सेवा बन्द गर्ने तयारीमा नेपाल टेलिकम र एनसेल

काठमाडौं, २४ असार — नेपाल टेलिकम र एनसेलले चरणबद्ध रूपमा थ्रीजी (3G) सेवा बन्द गर्ने तयारी गरेका छन्। दुवै कम्पनीका अनुसार पुरानो...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search