Epost Nepal

Day: २०८१ माघ १८, शुक्रबार

३ अर्बभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ, २ भारतीयसहित ७ जना प्रहरी नियन्त्रणमा

३ अर्बभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ, २ भारतीयसहित ७ जना प्रहरी नियन्त्रणमा

१८ माघ, काठमाडौं – ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २ भारतीय नागरिकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डेढ वर्षदेखि संगठित रूपमा ठगी गर्दै आएका उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा कैलालीका २२ वर्षीय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन्। त्यस्तै, भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमार पनि पक्राउ परेका छन्। स्मार्ट तरिकाले ठगी, करोडौंको साइबर अपराध सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार पक्राउ परेका व्यक्तिहरू कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुन्, जसले…
Read More
अध्यक्ष लिङ्देनको आरोप: ‘सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा लागेको छ’

अध्यक्ष लिङ्देनको आरोप: ‘सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा लागेको छ’

१८ माघ, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नै भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिलेसम्मको अवस्था हेर्दा सरकार भ्रष्टाचार रोक्नभन्दा पनि भ्रष्टाचारीलाई जोगाउन सक्रिय देखिएको बताए। "प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरिका व्यक्तिहरूले विभिन्न पदहरूमा करोडौं रुपैयाँको अफर गरिरहेका छन्। प्रधानमन्त्रीले 'म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ' भन्नुहुन्छ, तर उहाँकै वरिपरिकाले गरिरहेका छन्," लिङ्देनले आरोप लगाए। प्रधानमन्त्री ओलीले संसद् बैठकमा आफूले भ्रष्टाचार नगरेको प्रमाणित गर्न चुनौती दिएका थिए। उनले "कसैसँग प्रमाण छ भने ल्याओस्," भन्दै आफू स्वच्छ रहेको दाबी गरेका थिए। तर, लिङ्देनले भने सरकारको कार्यशैलीले भ्रष्टाचारलाई बढावा दिएको स्पष्ट…
Read More
सांसद भट्टराई: ‘संसद् प्रभावकारी बनाउन सरकारको दिशानिर्देश पालना गर्नुपर्छ’

सांसद भट्टराई: ‘संसद् प्रभावकारी बनाउन सरकारको दिशानिर्देश पालना गर्नुपर्छ’

१८ माघ, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सरकारका तर्फबाट प्रस्तुत दिशानिर्देशलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्दै उनले मुलुकको आवश्यकतालाई प्राथमिकतामा राख्दै संसद्को यस अधिवेशनमा ४० वटा विधेयक प्रभावकारी रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे। "वर्तमान सरकार गठन भएको छ महिनाको अवधिमा जनअपेक्षालाई सम्बोधन गर्दै परिणाममुखी निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ। यस अवधिमा जनतामा आशा जगाउने कार्य भएको छ, अर्थतन्त्रमा सुधार देखिएको छ," उनले दाबी गरे। सरकारले पछिल्लो समय ल्याएका केही अध्यादेशहरूले लगानी विस्तारको वातावरण बनाएको उल्लेख गर्दै उनले "विगतमा पनि यस्ता अभ्यासहरू…
Read More
प्रमुख सचेतक पाण्डेको आरोप: ‘सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा असफल’

प्रमुख सचेतक पाण्डेको आरोप: ‘सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा असफल’

१८ माघ, काठमाडौं – माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएका छन्। संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार मुद्दाहरूमा ठोस छानबिन अघि नबढेको भन्दै सरकारको आलोचना गरे। "बाढीपहिरोको समयमा सरकारले प्रभावकारी भूमिका खेल्न सकेन। शान्ति प्रक्रियाका बाँकी काम अझै अधुरै छन्। बेपत्ता नागरिकका परिवारहरू अन्योलमा छन्। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्छु," उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने बताए पनि पछिल्ला भ्रष्टाचार प्रकरणहरूले सरकारलाई नै चुनौती दिएको पाण्डेको भनाइ छ। "प्रधानमन्त्रीले आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई…
Read More
सभापति देउवाको प्रतिबद्धता: ‘गठबन्धन सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ’

सभापति देउवाको प्रतिबद्धता: ‘गठबन्धन सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ’

१८ माघ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दलहरूबीच भएको सात बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको ६ महिनाको कार्यकाल सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरे। "विगतमा सरकारहरू अस्थिर हुँदा यो गठबन्धन निर्माण भएको हो। हामी नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरूको निरन्तर सहयोग रहेको छ। सात बुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ छ," उनले भने। सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकमा स्थायित्व र समृद्धि ल्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे। उनले भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार, तथा दिगो शान्ति स्थापना सरकारका मुख्य प्राथमिकता…
Read More
प्रधानमन्त्री ओलीको दाबी: “सरकार २०८४ सम्म टसमस हुँदैन”

प्रधानमन्त्री ओलीको दाबी: “सरकार २०८४ सम्म टसमस हुँदैन”

१८ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालसम्म कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन्। प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विपक्षी दलहरूलाई ‘सरकार ढल्नै लाग्यो’ भन्ने हल्ला नगर्न आग्रह गरे। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिको खण्डन गर्दै सरकार सुरक्षित रहेको स्पष्ट पारे। माओवादी अध्यक्ष दाहालले केही दिनयता सरकार छिट्टै ढल्ने दाबी गर्दै आइरहेका छन्। ‘हामीले केही नगरे पनि यो सरकार आफैं ढल्छ,’ भन्ने उनको भनाइलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले व्यंग्यात्मक प्रतिक्रिया दिए। ओलीले चर्चित गीत ‘म त ढलेँ ढलेँ...’ को सन्दर्भ उल्लेख गर्दै भने, “विपक्षी दलहरू निरर्थक रूपमा सरकार ढल्ने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search