Epost Nepal

प्रधानमन्त्री ओलीको दाबी: “सरकार २०८४ सम्म टसमस हुँदैन”

१८ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालसम्म कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन्।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विपक्षी दलहरूलाई ‘सरकार ढल्नै लाग्यो’ भन्ने हल्ला नगर्न आग्रह गरे। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिको खण्डन गर्दै सरकार सुरक्षित रहेको स्पष्ट पारे।

माओवादी अध्यक्ष दाहालले केही दिनयता सरकार छिट्टै ढल्ने दाबी गर्दै आइरहेका छन्। ‘हामीले केही नगरे पनि यो सरकार आफैं ढल्छ,’ भन्ने उनको भनाइलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले व्यंग्यात्मक प्रतिक्रिया दिए।

ओलीले चर्चित गीत ‘म त ढलेँ ढलेँ…’ को सन्दर्भ उल्लेख गर्दै भने, “विपक्षी दलहरू निरर्थक रूपमा सरकार ढल्ने गीत गाइरहेका छन्। तर यो राजनीतिक मञ्चमा सुहाउँदैन, मनोरञ्जनका लागि मात्र ठीक हुन्छ।”

उनले कांग्रेस–एमाले गठबन्धनको सरकार आगामी निर्वाचनसम्म निरन्तर रहने दाबी गर्दै भने, २०८४ सम्म सरकार टसमस हुँदैन। निराधार हल्ला फैल्याएर तीन वर्ष बिताउनु देश र जनताका लागि लाभदायक हुँदैन।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search