Epost Nepal

सांसद भट्टराई: ‘संसद् प्रभावकारी बनाउन सरकारको दिशानिर्देश पालना गर्नुपर्छ’

१८ माघ, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सरकारका तर्फबाट प्रस्तुत दिशानिर्देशलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्दै उनले मुलुकको आवश्यकतालाई प्राथमिकतामा राख्दै संसद्को यस अधिवेशनमा ४० वटा विधेयक प्रभावकारी रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे।

“वर्तमान सरकार गठन भएको छ महिनाको अवधिमा जनअपेक्षालाई सम्बोधन गर्दै परिणाममुखी निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ। यस अवधिमा जनतामा आशा जगाउने कार्य भएको छ, अर्थतन्त्रमा सुधार देखिएको छ,” उनले दाबी गरे।

सरकारले पछिल्लो समय ल्याएका केही अध्यादेशहरूले लगानी विस्तारको वातावरण बनाएको उल्लेख गर्दै उनले “विगतमा पनि यस्ता अभ्यासहरू भएका थिए, जसले दीर्घकालीन सुधारमा योगदान पुर्‍याउनेछ,” भने।

भूमिहीन तथा सुकुम्बासीको व्यवस्थापनका लागि ल्याइएको अध्यादेशलाई उनले सरकारको महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरे।

लोकतन्त्रलाई बलियो बनाउने, गणतन्त्रलाई थप संस्थागत गर्ने र मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्यसहित संविधान संशोधनको विषय अघि सारिएको भट्टराईको तर्क छ। उनले सरकार गठनका क्रममा कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय उल्लेख गरिएको भन्दै यसले लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search