Epost Nepal

सभापति देउवाको प्रतिबद्धता: ‘गठबन्धन सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ’

१८ माघ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दलहरूबीच भएको सात बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको ६ महिनाको कार्यकाल सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरे।

“विगतमा सरकारहरू अस्थिर हुँदा यो गठबन्धन निर्माण भएको हो। हामी नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरूको निरन्तर सहयोग रहेको छ। सात बुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ छ,” उनले भने।

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकमा स्थायित्व र समृद्धि ल्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे। उनले भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार, तथा दिगो शान्ति स्थापना सरकारका मुख्य प्राथमिकता रहेको प्रस्ट्याए।

छोटो अवधिमा नै सरकार सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै उनले थपे, “कुनै पनि सरकारका लागि ६ महिनाको समय समग्र मूल्यांकन गर्न पर्याप्त हुँदैन। आगामी दिनमा सरकारको राम्रो काम झनै देखिनेछ भन्ने विश्वास लिएको छु।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search