३० कात्तिक, काठमाडौं - दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाकाका अनुसार ६ जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य ७ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन । प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो ।
२७ कात्तिक, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा मंगलबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने,‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पुर्याउँछ भन्ने विश्वले बिर्सन हुन्न ।’ उनले त्यसका लागि हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकुलन अवधारणालाई औपचारिक संवादको विषय बनाउनसमेत कोप–२९ मा…
२७ कात्तिक, काठमाडौं - नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले जानकारी दिए । आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो । प्राधिकरणले कात्तिक ८ मा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरको उद्योगको बिजुली काटेको थियो ।
२७ कात्तिक, काठमाडौं - मानव तस्करी गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) कोशीका सांसदसमेत रहेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । जापानमा हुने इन्टरनेसनल कन्फेरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका लिलाबल्लभ अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट…
२७ कात्तिक, काठमाडौं - ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)पक्राउ परेका छन् । मनाङबाट स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका मनाङेलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । २०६१ सालमा मिलन गुरुङ (चक्रे)माथि खुकुरी प्रहार भएको मुद्दामा यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको उनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेको थियो । उनलाई ०६० सालमा अर्का गुन्डा नाइके मिलन गुरुङ (चक्रे) हात छिनालेको अभियोगमा दोषी ठहर गरिएको थियो । मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको हो । ०६९ सालमा उच्च अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको…
२६ कात्तिक, विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् । सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा विद्युत प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने बताए । उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले १ वर्ष ८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले निर्वाचन गराउने बताउँदै त्यसपछिको निर्वाचनले मुलुकको नेतृत्व चयन गर्ने स्पष्ट पारे । उनले प्रदेशले अधिकार माग्नेभन्दा पनि विकास निर्माण र सुशासनमा अघि बढ्नु पर्ने जिकिर गरे…
२६ कात्तिक, काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विद्युत् महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक भएसंगै त्यसअनुसार व्यवसायीहरुले महशुस बुझाउने विश्वास व्यक्त गरे । उनले २४ घण्टाभित्र उद्योगहरूको लाइन जडान गर्न र १५ दिनभित्र टिओडी मिटर अनुसार महसुल उठाउनका लागि प्राधिकरणमा पत्राचार गरिसकेको बताए । मन्त्रिपरिषदको २०८०पुस २४ गतेको बैठकले सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत…
२५ कात्तिक, काठमाडौं - सरकारले विद्युत् लाइन काटिएका उद्योगमा सोमबार दिउँसो १२ बजेभित्र लाइन जोड्न निर्देशन दिएको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घटेको, राजस्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेकोले लाइन जोड्ने व्यवस्था गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यससँगै मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरुसँग विवादित बक्यौता अशुल गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड…
२५ कात्तिक, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति पौडेल आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपतिलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूले बिदाइ गरे । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकुका लागि प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
२५ कात्तिक, कास्की - सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । २ कात्तिकमा पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश नवराज दाहालको इजलासले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान गर्न १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवी राईसँग मिलेर रकम अपचलन गरेको…