२८ भदौ, काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् । आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताए । उनले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले कार्य प्रकृया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा जोड दिँदै…
२८ भदौ, काठमाडौं -कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निजी र सरकारी दुवैले दुग्ध किसानको रकम भुक्तानी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रीय दुग्ध सहकारी संघले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री अधिकारीले मुलुकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन दुग्ध सहकारीहरुको भुमिका महत्त्वपूर्ण रहेको भन्दै दुग्ध किसानले भोगेका समस्याहरुमा आफू जानकार रहेको बताए । उनले डीडीसीलाई ६० करोड रुपैयाँ ऋण दिनुमा किसानलाई आफ्नो उत्पादनको मूल्य पाउन सजिलो होस् भन्ने नै सरकारको ध्येय रहेको उल्लेख गरे । मन्त्री अधिकारीले दुग्ध विकास संस्थानलाई व्यवसायिक बनाउने कार्यको सुरुवात भइसकेको बताए । उनले यी निकायमा किसानलाई सहभागिता गराउने प्रतिबद्धता समेत व्यक्त गरे । हाल ६४ जिल्लामा…
२८ भदौ, काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताए । सरकारले क्यान्सर, किड्नीलगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीलाई पनि त्यो व्यवस्था तत्काल उपलब्ध गराउने मन्त्री पौडेलको प्रतिबद्धता थियो । उनले उपचारको अभावमा जलन रोगीहरुको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरुको उपचारका लागि वीर अस्पतालमा जलन रोगको उपचार केन्द्र स्थापना गरेको…
२७ भदौ, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई उक्त निर्देशन दिएका हुन् । उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए । 'हामी कामलाई तीव्रता दिनेछौं । हाम्रो एउटा कमजोरी के रहेको छ भने काम विस्तारै, विस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ । त्यस्तो होइन । हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तीव्र गतिले…
२७ भदौ, काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आवश्यता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउन वर्तमान सरकार निर्माण नभएको दाबी गरे । सभापति देउवाले आफूले सबैलाई मिलाएर अघि बढाउन चाहेको बताए । उनले कांग्रेस र एमालेबीच सरकार बनेपछि देशभरि कांग्रेसका नेता कार्यकर्ताहरूमा खुसीयाली छाएको र उत्साह रहेको बताए । उनले भने, ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए ।…
२७ भदौ, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनः उत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बताएका छन् । नेपाल उद्योग परिसङ्घ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको समेत बताए। सरकार निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको उनले स्पष्ट पारे । “पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो । यस तथ्यलाई मनन गर्दै हामीले राम्रो…
२७ भदौ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अझै सशक्त रूपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको बताए । उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप विस्तार आफूहरूले चाहेको बताए । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ छ । महामन्त्री थापाले २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने,…
२६ भदौ, काठमाडौं - नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ अघि बढिरहेको बताएका छन् । चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा आयोजित १४ औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले जबज नेपाली भूमिमा मार्क्सवादको सिर्जनात्मक प्रयोग रहेको र त्यसैको आलोकमा समाजवाद हासिल गर्न चाहेको बताए । ‘नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ । हाम्रो पार्टी नेकपा (एमाले) ले स्वर्गीय कमरेड मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विकास गरेको छ,’…
२६ भदौ, काठमाडौं - सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले रिटकाे सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो । प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले मंगलबार जोशीको नियुक्ति कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट निवेदन दायर गरेका थिए । परीक्षामा आफूले बढी नम्बर प्राप्त गरे पनि नियमविपरीत जोशीलाई नियुक्ति गरिएको दाबी गर्दै रेग्मीले रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका हुन् ।-रासस
२६ भदौ, काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकहरुको बलियो सहयोग आवश्यक रहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा बुधबारबाट सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकहरुलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न जोडदार रुपमा आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेको बताए । मन्त्री पाण्डेले भने, ‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरु अहिलेसम्म सर्टिफाइ भइसकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न…