Epost Nepal

राहदानीदेखि श्रम स्वीकृतिसम्म वडा तहबाटै उपलब्ध गराउने तयारी : श्रममन्त्री

राहदानीदेखि श्रम स्वीकृतिसम्म वडा तहबाटै उपलब्ध गराउने तयारी : श्रममन्त्री

राहदानीदेखि श्रम स्वीकृतिसम्म वडा तहबाटै उपलब्ध गराउने तयारी : श्रममन्त्री

९ पुस, काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी र श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कागजात वडा तहबाटै उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियानको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् । वैदेशिक रोजगारीमा जाने क्रममा श्रम स्वीकृति लगायतका कागजात लिनुपर्दा श्रमिकहरूले ठगी र झन्झट झेल्नुपरेको उल्लेख गर्दै उनले ती समस्याको अन्त्यका लागि वडा तहबाटै सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए । सानो काम गर्नसमेत जटिल प्रक्रिया र झमेला झेल्नुपर्दा नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको मन्त्री भण्डारीको भनाइ छ । राज्यले…
Read More
बयानबारे अझै टुंगो छैन, पत्र आएपछि निर्णय गर्छु : रमेश लेखक

बयानबारे अझै टुंगो छैन, पत्र आएपछि निर्णय गर्छु : रमेश लेखक

८ पुस, काठमाडौं — जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगबाट बयानका लागि बोलाइएको पत्र आफूले अहिलेसम्म नपाएको बताएका छन्।  “बयान दिन जानुहुन्छ कि हुन्न?” भन्ने प्रश्नमा लेखकले त्यस विषयमा कुनै निर्णय नलिएको प्रतिक्रिया दिए। जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि उपस्थित हुन अनुरोध गर्दै पत्र पठाएको थियो। आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले लेखकलाई बोलाउने उद्देश्यले पत्र लेखिएको जानकारी दिए। भदौ २३ र २४ गते जेनजी आन्दोलन भइरहँदा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए। आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति तत्कालीन गृहमन्त्री भएकाले लेखक जवाफदेही हुनुपर्ने माग उठ्दै आएको छ। यसैबीच,…
Read More
शीतलनिवासमा तीन दलका शीर्ष नेताहरुसँग राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता

शीतलनिवासमा तीन दलका शीर्ष नेताहरुसँग राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता

८ पुस, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतृत्वसँग राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको यो पहिलो भेटवार्ता हो। शीतलनिवासमा जारी छलफलमा पछिल्लो राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने निर्वाचनका विषयमा केन्द्रित भएर कुराकानी भइरहेको स्रोतले जनाएको छ।
Read More
एमाले अध्यक्ष ओली कांग्रेस सभापति देउवासँग भेट्न महाराजगञ्ज पुगे

एमाले अध्यक्ष ओली कांग्रेस सभापति देउवासँग भेट्न महाराजगञ्ज पुगे

७ पुस, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर महाराजगञ्ज पुगेका हुन्, जहाँ भएको भेटमा देउवाकी पत्नी आरजु राणा देउवा पनि उपस्थित थिइन्। कांग्रेस सभापति देउवासँग भेट गर्न ओली महाराजगञ्ज पुगेका हुन्। यसअघि पनि मंसिर १० गते ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए। देउवा–ओली भेटपछि कांग्रेसका आठ जना पूर्वसांसदको तर्फबाट विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। त्यसअघि नै एमाले सोही विषयमा रिट लिएर अदालत पुगेको थियो। भदौमा भएको जेनजी आन्दोलनयता देउवा र ओलीबीच यो दोस्रो भेट…
Read More
‘चुनाव होइन, सुशासन’ भन्दै काठमाडौंमा जेन-जी युवाहरूको प्रदर्शन

‘चुनाव होइन, सुशासन’ भन्दै काठमाडौंमा जेन-जी युवाहरूको प्रदर्शन

७ पुस, काठमाडौं — सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ। ‘जेन–जीको माग चुनाव होइन, सुशासन’ भन्ने नारा सहित मिराज ढुंगाना, रविकिरण हमाल, निकोलस भुसाललगायत युवाहरू प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा उनीहरूले सबै राजनीतिक दल समेटिएको सरकार गठन गर्नुपर्ने माग अघि सारेका थिए। सोही क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई केही समयका लागि नियन्त्रणमा लिएको थियो। यसअघि ढुंगानासहितको समूहले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेको भए पनि प्रशासनले अनुमति नदिएको जनाएको छ। अनुमति नलिई प्रदर्शन सुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै नाराबाजी…
Read More
ओलीको चुनौती : बयान नदिए गोली हान्नुस्, आजीवन थुनिदिनुस्

ओलीको चुनौती : बयान नदिए गोली हान्नुस्, आजीवन थुनिदिनुस्

७ पुस, काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगमा बयान दिन अस्वीकार गर्ने अडान दोहोर्‍याएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न मा अन्तर्वार्ताका क्रममा उनले यस विषयमा आफू पहिल्यैदेखि स्पष्ट रहेको र निर्णयमा अडिग रहेको बताएका हुन्। प्रधानमन्त्री र आयोगका अध्यक्षले छानबिन सुरु हुनुअघि नै निष्कर्ष सार्वजनिक गरिसकेकाले बयान दिनुको कुनै औचित्य नरहेको ओलीको भनाइ छ। ‘आयोगले छानबिन गर्छ तर नतिजा सार्वजनिक गर्दैन भनिन्छ, तर मेरो नाम नै लिएर अहिलेका प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाइसक्नुभएको छ,’ उनले भने, ‘पहिले नै परिणाम तय भइसकेपछि मैले कुन आधारमा विश्वास गरेर बयान दिनु ? जाँचै नगरी निर्णय गरिसकिएको…
Read More
‘सभापति बन्छु’: चुनाव क्षेत्रका कार्यकर्तामाझ गगन थापाको दाबी

‘सभापति बन्छु’: चुनाव क्षेत्रका कार्यकर्तामाझ गगन थापाको दाबी

७ पुस, काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्। काठमाडौं–४ का नेता तथा कार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले सभापतिमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन्। उनले आफू पार्टी सभापति बन्ने दाबी पनि गरे। ‘म १५औं महाधिवेशनका लागि पार्टी सभापतिको उम्मेदवार हुँ। म सभापति बन्न चाहन्छु र बन्छु,’ उनले भने। महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई पार्टीलाई नयाँ दिशामा लैजाने अवसर भएको उल्लेख गर्दै उनले क्रियाशील सदस्यता सम्बन्धी काम ढिलाइ भएकोप्रति असन्तुष्टि व्यक्त गरे। महाधिवेशन तोकिएकै समयमा हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। महामन्त्रीको भूमिकामा रहँदै आफूले पार्टी सभापति शेरबहादुर…
Read More
१७ वर्षीय ईशानको मृत्यु प्रकरणमा संलग्नलाइ पक्राउ गर्न माग गर्दै प्रदर्शन

१७ वर्षीय ईशानको मृत्यु प्रकरणमा संलग्नलाइ पक्राउ गर्न माग गर्दै प्रदर्शन

६ पुस, काठमाडौं — रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकमा १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्यु प्रकरणमा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयवासीले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन्। तीन दिनअघि ईशानको शव घर नजिकैको नालीमा फेला परेको थियो। घटनाको अनुसन्धानमा प्रहरीले अपेक्षित सक्रियता नदेखाएको र दोषी पहिचान गर्न नसकेको आरोप लगाउँदै टोल विकास संस्था, आमा समूहसहित स्थानीयहरूले दबाबस्वरूप प्रहरी कार्यालय घेरेका हुन्। मृतकका बुबा पुष्पराज शर्माका अनुसार तीन हजारभन्दा बढी स्थानीय स्वतःस्फूर्त रूपमा ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए। पोष्टमार्टम रिपोर्टमा टाउकोमा लागेको चोटका कारण अत्यधिक रक्तस्राव भएर मृत्यु भएको पुष्टि भएको चिकित्सकले जानकारी दिएको उनले बताए।…
Read More
शीर्ष नेताको हस्ताक्षरबिना अघि बढ्यो कांग्रेसका सांसदहरूको रिट

शीर्ष नेताको हस्ताक्षरबिना अघि बढ्यो कांग्रेसका सांसदहरूको रिट

६ पुस, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेनन। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित केही सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। उक्त रिटमा पक्ष कायम गर्न कांग्रेसका अन्य सांसदहरूले पनि हस्ताक्षर गर्दै आएका छन्। संसदीय कार्यालय स्रोतका अनुसार कांग्रेसका निवर्तमान ८८ सांसदमध्ये आइतबार दिउँसोसम्म ६६ जनाले हस्ताक्षर गरिसकेका छन्। तर सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालासहित केही निवर्तमान सांसदहरूले भने हस्ताक्षर गरेका छैनन्। ‘निवर्तमान सांसद रहेका सभापति, कार्यवाहक सभापति र महामन्त्रीसहित शीर्ष…
Read More
कञ्चनपुर कारागारभित्रको झडपबारे छानबिन सुरु

कञ्चनपुर कारागारभित्रको झडपबारे छानबिन सुरु

६ पुस, काठमाडौं — कञ्चनपुर कारागारभित्र दुई दिनअघि कैदीबन्दी र नाइकेबीच भएको झडपको विषयमा छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ। गत शुक्रबार कारागारभित्र उत्पन्न विवाद झडपमा परिणत हुँदा आठ जना कैदीबन्दी घाइते भएका थिए। तीमध्ये दुई जना उपचारपछि कारागार फर्किसकेका छन् भने बाँकी छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको हो। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन्। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search