Epost Nepal

१७ वर्षीय ईशानको मृत्यु प्रकरणमा संलग्नलाइ पक्राउ गर्न माग गर्दै प्रदर्शन

६ पुस, काठमाडौं — रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकमा १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्यु प्रकरणमा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयवासीले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन्।

तीन दिनअघि ईशानको शव घर नजिकैको नालीमा फेला परेको थियो। घटनाको अनुसन्धानमा प्रहरीले अपेक्षित सक्रियता नदेखाएको र दोषी पहिचान गर्न नसकेको आरोप लगाउँदै टोल विकास संस्था, आमा समूहसहित स्थानीयहरूले दबाबस्वरूप प्रहरी कार्यालय घेरेका हुन्।

मृतकका बुबा पुष्पराज शर्माका अनुसार तीन हजारभन्दा बढी स्थानीय स्वतःस्फूर्त रूपमा ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए।

पोष्टमार्टम रिपोर्टमा टाउकोमा लागेको चोटका कारण अत्यधिक रक्तस्राव भएर मृत्यु भएको पुष्टि भएको चिकित्सकले जानकारी दिएको उनले बताए।

प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाउँदै आवश्यक सहयोगका लागि स्थानीयसँग आग्रह गरेको छ। प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए र उनको शव घरबाट करिब डेढ सय मिटर टाढाको नालीमा फालिएको अवस्थामा फेला परेको थियो।

शव फेला पर्दा टाउकोको पछिल्लो भागमा चोट देखिए पनि घटनास्थलमा रगत बगेको वा लतपतिएको कुनै प्रमाण नदेखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search