Epost Nepal

कञ्चनपुर कारागारभित्रको झडपबारे छानबिन सुरु

६ पुस, काठमाडौं — कञ्चनपुर कारागारभित्र दुई दिनअघि कैदीबन्दी र नाइकेबीच भएको झडपको विषयमा छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ।

गत शुक्रबार कारागारभित्र उत्पन्न विवाद झडपमा परिणत हुँदा आठ जना कैदीबन्दी घाइते भएका थिए। तीमध्ये दुई जना उपचारपछि कारागार फर्किसकेका छन् भने बाँकी छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको हो। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन्। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

प्रजिअ ढकालले कारागारको अनुगमन निरन्तर भइरहेको बताउँदै घटनाबारे विस्तृत छानबिनपछि समितिले प्रतिवेदन पेस गर्ने जानकारी दिए।

कारागारभित्र नाइकेहरूले एकाधिकार जमाएको आरोप लगाउँदै कैदीबन्दी आन्दोलित भएका थिए। उनीहरूले नाइकेहरूले आफूहरूले पाउने सेवा–सुविधामा आर्थिक चलखेल गर्ने तथा कारागारभित्र अवैध गतिविधि सञ्चालन गर्ने गरेको आरोप लगाएका छन्।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search