Epost Nepal

Breaking News 3

गठबन्धन फेल भयो भने सम्पूर्ण राष्ट्र नै फेल हुन्छ: नेपाली कांग्रेसका नेता शशांक कोइराला

गठबन्धन फेल भयो भने सम्पूर्ण राष्ट्र नै फेल हुन्छ: नेपाली कांग्रेसका नेता शशांक कोइराला

७ भदौ, काठमाडौँ - नेपाली कांग्रेसका नेता शशांक कोइरालाले २०८४ सालको निर्वाचनमा प्रमुख प्रतिन्द्वन्द्वी नेकपा एमाले हुने भएकाले अब कांग्रेसले संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसले अब ०८४ को निर्वाचनमा ध्यान दिनुपर्ने बताए । “२०८४ मा चुनाव हुँदै छ, त्यतातिर ध्यान दिनुपर्‍यो । जिल्ला जिल्लामा संगठनलाई बलियो पार्नुपर्छ,” कोइरालाले भने, “अब हाम्रो ध्यान ८४ को निर्वाचनमा जानुपर्छ । हाम्रो मुख्य प्रतिन्द्वन्द्वी हुन्छ, एमाले । हामीले संगठनमा ध्यान दिनुपर्छ ।” सुरुमा एमालेसँग गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि अहिले गठबन्धन राम्रो लागेको उनले बताए । तर, एमालेसँग गठबन्धन भइरहँदा धेरै सतर्क हुनुपर्ने उनको भनाइ छ । “यो पनि…
Read More
युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

७ भदौ, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथिका प्रश्नलाई स्वभाविक भन्दै स्वीकार गरेका छन् । नेतृत्व गरेको ३६ वर्ष युद्ध र युद्धपछि पनि उथलपुथलमा गुज्रिएको भन्दै जनार्दन शर्माका प्रश्न स्वाभाविक भएको बताएका हुन् । वाग्मती प्रदेशस्तरीय दुईदिने परामर्श बैठकको समापनमा उनले आफू नेतृत्वमा रहिरहन इच्छुक नभए पनि तत्काल छोड्ने पक्षमा पनि नरहेको बताएका छन् । “३६ वर्षदेखि निरन्तर नेतृत्वमा छु । मेरो नेतृत्व आनन्ददायी रहे, आँधिमय रह्यो,” अध्यक्ष प्रचण्डले भने, “युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ । प्रचण्डलाई प्रभाकरले यसो भने पनि प्रचण्ड अध्यक्षभन्दा माथि छ ।” आफूमाथिका गम्भीर टिप्पणीलाई स्वभाविक स्वीकार गरेका उनले आफू इच्छा…
Read More
निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको छ: प्रधानमन्त्री केपी शर्मा ओली

निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको छ: प्रधानमन्त्री केपी शर्मा ओली

६ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजश्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको बताए । घरजग्गा कारोबार क्रमशः वृद्धि हुँदै गएको र पूँजीबजारमा उल्लेखनीय सुधार आएको छ भने निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताए । राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक संकेत देखिएको उनले बताए । 'सरकारले जनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई…
Read More
डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ: प्रधानमन्त्री केपी शर्मा ओली

डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ: प्रधानमन्त्री केपी शर्मा ओली

५ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा बुधबार भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायत पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे । 'साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योग खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ,' प्रधानमन्त्री ओलीले भने, 'नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ । डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ ।' मद्यपान र धुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना…
Read More
परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकबिच भेटवार्ता: आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकबिच भेटवार्ता: आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल

३ भदौ, काठमाडौँ - भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । राणा र जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भएको द्विपक्षीय कुराकानीमा ‘नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको’ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । साथै, बैंठकपछि एक्समा लेख्दै परराष्ट्रमन्त्री राणाले जयशंकरसँगको भेटवार्ता फलदायी रहेको बताइन् । उनले उक्त भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल भएको उल्लेख गरेकी छन् । यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो…
Read More
लोकतन्त्र छाडा शासन होइन: प्रधानमन्त्री केपी ओली

लोकतन्त्र छाडा शासन होइन: प्रधानमन्त्री केपी ओली

२ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रणाली उपयुक्त छ/छैन भनेर छलफल गर्ने बेला नभएको बताएका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकमा उनले यही व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्ने बताए । “हामीले स्थापना गरेको प्रणाली उपयुक्त छ कि छैन भनेर छलफल गर्ने पनि गर्ने बेला भएको छैन । बेला होइन यो,” उनले भने, “जे प्राप्त गरेका छौँ, त्यसलाई सुदृढ गर्ने, प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, सफल बनाउने र अगाडि जाने बेला हो ।” उनले लोकतन्त्र छाडा शासन नभएको बताए । नीति, कानुन मान्दिनँ भन्ने सनकका अभिव्यक्तिले कहीँ नपुर्‍याउने उनले उल्लेख गरे । “कुनै योगदान…
Read More
एमाले अस्थित्व रक्षाको लडाईको खुद्रा खेलमा अल्मलिने पार्टी होइन: केपी शर्मा ओली

एमाले अस्थित्व रक्षाको लडाईको खुद्रा खेलमा अल्मलिने पार्टी होइन: केपी शर्मा ओली

२ भदौ, काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थित्व रक्षाको लडाईको खुद्रा खेलमा अल्मलिने पार्टी एमाले नभएको बताएका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरी तयारी गर्नुपर्ने बताएका हुन् । उनले जस्तोसुकै चुनौतिको सामना गरेर भएपनि देशभित्र एमालेलाई बलियो, सशक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राखे । उनले आफू नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पारे । अरु दलहरु मोर्चाको खोजीमा रहेपनि एमालेले आफैभित्र मोर्चा बनाएर अघि बढ्ने उनको भनाइ छ । कार्यक्रममा ओलीले केन्द्रीय सदस्यहरु मन्जु शर्मा चालिसे…
Read More
जनार्दनले पार्टी फुटाउँदै छन् भनेर सुनाउँदा आफूले चासो राखेको प्रचण्डको स्वीकार

जनार्दनले पार्टी फुटाउँदै छन् भनेर सुनाउँदा आफूले चासो राखेको प्रचण्डको स्वीकार

१ भदौ, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दा गर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् । शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । 'पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् ।बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,' उनले भने । फरक प्रसंगमा अध्यक्ष दाहालले उपमहासचिव जनार्दन शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेकाले अनुसन्धान हुने बताएका छन् । उनले भने,‘केही विषय फेरि,…
Read More
थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी

थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी

१ भदौ, काठमाडौँ - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।…
Read More
वैदेशिक रोजगारीमा वर्षमा सय जना पठाउनै पर्ने प्रावधान भए पनि पठाउन नसकेका ३१७ वटा म्यानपावर कम्पनीको नवीकरण गर्ने निर्णय

वैदेशिक रोजगारीमा वर्षमा सय जना पठाउनै पर्ने प्रावधान भए पनि पठाउन नसकेका ३१७ वटा म्यानपावर कम्पनीको नवीकरण गर्ने निर्णय

३२ साउन, काठमाडौँ - सरकारले लगातार दुई वर्षसम्म वैदेशिक रोजगारीमा सय जना श्रमिक समेत पठाउन नसकेका ३१७ वटा म्यानपावर कम्पनीको नवीकरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकलेले ‘आर्थिक वर्ष २०७९/८० र ०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एकसय जना नेपालीलाई पनि वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजत प्राप्त संस्थाको इजाजतपत्र आव ०८१/८२ का लागि नवीकरण गर्न आएमा अन्तिम एकपटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काऊ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष पनि सय पठाउन नसक्ने दुईसय ६५ वटाको म्यानपावरको नवीकरण भएको थियो । २०७५ चैत १९ मा इजाजत प्राप्त म्यानपावर कम्पनीले वर्षमा सय जना पठाउनै…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search