Epost Nepal

जनार्दनले पार्टी फुटाउँदै छन् भनेर सुनाउँदा आफूले चासो राखेको प्रचण्डको स्वीकार

१ भदौ, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दा गर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् ।

शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । ‘पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ ।

भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् ।बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,’ उनले भने ।

फरक प्रसंगमा अध्यक्ष दाहालले उपमहासचिव जनार्दन शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेकाले अनुसन्धान हुने बताएका छन् ।

उनले भने,‘केही विषय फेरि, उहाँले उठाएका गम्भीर आशंकाका विषय छन् । विचारसँग सम्बन्धित कुरा त उहाँको मत हो दस्तावेज बनाउने बेलासम्म  समाधान हुन्छ, उहाँको पनि समेटिन्छ। तर केही व्यवहारिक र आशंका रहेका छन् । ति आशंकाका बारेमा पनि विषयमा त्यसका अध्ययन अनुसन्धान हुने कुरामा पुगेका छौं ।’

केही मानिसहरूले जनार्दनले पार्टी फुटाउँदै छन् भनेर सुनाउँदा आफूले चासो राखेको प्रचण्डले स्वीकारे ।

‘प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले पनि भनेको थिएन। तर विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन्, यसले यदाकदा के भयो भन्ने भएको थियो ।’ उनले थपे, ‘तर, बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो । जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशंका छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search