Epost Nepal

गठबन्धन फेल भयो भने सम्पूर्ण राष्ट्र नै फेल हुन्छ: नेपाली कांग्रेसका नेता शशांक कोइराला

७ भदौ, काठमाडौँ – नेपाली कांग्रेसका नेता शशांक कोइरालाले २०८४ सालको निर्वाचनमा प्रमुख प्रतिन्द्वन्द्वी नेकपा एमाले हुने भएकाले अब कांग्रेसले संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसले अब ०८४ को निर्वाचनमा ध्यान दिनुपर्ने बताए ।

“२०८४ मा चुनाव हुँदै छ, त्यतातिर ध्यान दिनुपर्‍यो । जिल्ला जिल्लामा संगठनलाई बलियो पार्नुपर्छ,” कोइरालाले भने, “अब हाम्रो ध्यान ८४ को निर्वाचनमा जानुपर्छ । हाम्रो मुख्य प्रतिन्द्वन्द्वी हुन्छ, एमाले । हामीले संगठनमा ध्यान दिनुपर्छ ।”

सुरुमा एमालेसँग गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि अहिले गठबन्धन राम्रो लागेको उनले बताए । तर, एमालेसँग गठबन्धन भइरहँदा धेरै सतर्क हुनुपर्ने उनको भनाइ छ ।

“यो पनि फेल भयो भने सम्पूर्ण राष्ट्र नै फेल हुन्छ । यो गठबन्धनले पनि डेलिभर गर्न सकेन भने, सुशासनको बारेमा, भ्रष्टाचारीको बारेमा मूल्यांकन गर्न सकेन भने । तसर्थ, यो अन्तिम अवसर हो । यसलाई हामीले खेर फाल्नु हुँदैन,” कोइरालाले भने ।

उनले अगाडि भने, “हाम्रो सत्रु, सत्रु त नभनौँ, हाम्रो प्रतिपक्ष, मुख्य प्रतिपक्ष को हो– एमाले हो । उसँग नै हात मिलाएर हामीले सरकारमा आएका छौँ । यो अन्तिम अवसर हो, हाम्रा लागि । यो अन्तिम अवसरलाई हामीले गुमाउन भएन ।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search