Epost Nepal

लोकतन्त्र छाडा शासन होइन: प्रधानमन्त्री केपी ओली

२ भदौ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रणाली उपयुक्त छ/छैन भनेर छलफल गर्ने बेला नभएको बताएका छन् ।

आइतबार पार्टी मुख्यालय च्यासलमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकमा उनले यही व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्ने बताए ।

“हामीले स्थापना गरेको प्रणाली उपयुक्त छ कि छैन भनेर छलफल गर्ने पनि गर्ने बेला भएको छैन । बेला होइन यो,” उनले भने, “जे प्राप्त गरेका छौँ, त्यसलाई सुदृढ गर्ने, प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, सफल बनाउने र अगाडि जाने बेला हो ।”

उनले लोकतन्त्र छाडा शासन नभएको बताए । नीति, कानुन मान्दिनँ भन्ने सनकका अभिव्यक्तिले कहीँ नपुर्‍याउने उनले उल्लेख गरे ।

“कुनै योगदान नभएकाको तारिफका पुल दुई–चार वर्ष सामाजिक सञ्जालबाट बनाएर महान् बनाउन खोज्ने, जसले देशको लागि काम गरेको छ, तिनीहरूलाई बदनाम, अपमान गरेर हुर्मत लिन खोज्ने संगठित प्रयास भएका छन्,” उनले भने ।

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणका निम्ति बनेको उनले बताए । “सरकार स्टन्टबाजी र भ्रष्टाचार छोप्न बनेको होइन,” उनले भने । सरकारले अनुहार हेरेर कसैलाई फसाउने र बचाउने नगरिने उनको भनाइ थियो ।

उनले भ्रष्टाचारीले ठूलाठूला नारा लगाउने गरेको पनि बताए । भ्रष्टाचार नियन्त्रण गर्छु भन्नेहरूलाई उल्टै उनीहरूले आरोप लगाउने गरेको उनको जिकिर छ ।

“जो भ्रष्ट छ, उसले भ्रष्टाचारविरोधी नारा अझ दुई हातमाथि उफ्रिएर कराएर लगाउँछ । जो भ्रष्ट छ, उसले भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मल्याउँछ । जो भ्रष्टाचारविरोधी छ, उसलाई भ्रष्टाचारी भनेर बदनाम गराउन खोज्छ,” प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search