Epost Nepal

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकबिच भेटवार्ता: आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल

३ भदौ, काठमाडौँ – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।

भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।

राणा र जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भएको द्विपक्षीय कुराकानीमा ‘नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको’ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

साथै, बैंठकपछि एक्समा लेख्दै परराष्ट्रमन्त्री राणाले जयशंकरसँगको भेटवार्ता फलदायी रहेको बताइन् । उनले उक्त भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल भएको उल्लेख गरेकी छन् । यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु,’ मन्त्री राणाको भनाई छ ।

त्यस्तै भेटवार्तापछि एक्समा जयशंकरले राणाको पहिले औपचारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

जयंशकरकै औपचारिक निमन्त्राणमा राणा दिल्ली गएकी हुन् । ‘ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहयोगका बारेमा छलफल भएको थियो,’ जयशंकरले पोष्ट गरेका छन्,‘नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोशेढुंगा हो ।’

जयशंकरले भारतको छिमेकी पहिलो नीति र लामो जनस्तर तथा सांस्कृतिक सम्बन्धले भारत र नेपालको सम्बन्धलाई अघि बढाउने उल्लेख गरेका छन् ।

द्विपक्षीय भेटवार्तामा नेपालको तर्फबाट राणा, भारतका लागि नेपालका कार्यवहाक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना लगायत थिए । भारतको तर्फबाट मन्त्री जयशंकर, विदेश मन्त्रालयका सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search