२५ मंसिर, काठमाडौं — भिजिट भिसा तस्करीमार्फत यात्रुबाट अवैध रूपमा रकम असुलेको आरोपमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूलाई प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। यस प्रकरणमा सहसचिव भट्टराईलाई ७ जेठ २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो। उनी पक्राउ पर्दा विमानस्थल अध्यागमन प्रमुखका रूपमा कार्यरत थिए। भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको दाबीमा आयोगले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो। आयोगले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख रुपैयाँ बिगो दाबी गरेको छ भने शाखा अधिकृत अर्यालविरुद्ध ५ लाख…
२५ मंसिर, काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजी प्रतिनिधिसँग बुधबार गरेको सम्झौता औचित्यहीन रहेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा सञ्चारकर्मी तथा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री स्वयं असंवैधानिक भएको दाबी गर्दै यस्तो ‘सम्झौतामा नाटक गरिएको’ आरोप लगाए। ओलीका अनुसार आफू सुरुदेखि नै सरकारलाई अस्वीकार गर्दै आएको हुँदा सरकारले के–कससँग सम्झौता ग¥यो भन्ने कुरा अर्थहीन छ। उनले भने, ‘उनीहरूको सबै गतिविधि अनधिकृत, अनुचित, असंवैधानिक, गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण छन्। सरकारको व्यवहार यस्तो हुनुहुँदैन।’ अध्यक्ष ओलीले राष्ट्रपतिले सरकारलाई चुनावमाथि मात्र केन्द्रित हुने निर्देशन दिएको स्मरण गराउँदै, व्यक्तिगत रिस–इर्ष्याका आधारमा प्रतिष्ठान ध्वस्त पार्ने प्रयास भइरहेको आरोप लगाए। उनले…
२३ मंसिर, काठमाडौं — विश्वभर ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन्, जसमा आठ वटा नेपालमा पर्छन्। सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपुर्ण नेपालस्थित ८ हजारमाथिका हिमाल हुन्। बाँकी ६ हिमाल पाकिस्तान र चीनको तिब्बत क्षेत्रमा अवस्थित छन्— पाकिस्तानमा केटु, नंगा पर्वत, ग्यासहर्ब्रम–१, ब्राड–पिक, ग्यासहर्ब्रम–२ र तिब्बततर्फ सिसापाङ्मा। तर पछिल्ला वर्ष नेपालले परम्परागत आठवटाको सूचि थप विस्तार गर्दै ८ हजार मिटरमाथिका ६ नयाँ चुचुरो पहिचान गरी आधिकारिक सूचीमा राखेको छ। करिब १० महिनाअघि पर्यटन विभागले यी नयाँ शिखरहरूलाई पिक–प्रोफाइलमा समावेश गर्दै सरकारी मान्यता दिएको हो। यी ६ नयाँ शिखरलाई अन्तर्राष्ट्रिय मान्यता भने अझै प्राप्त भएको छैन।…
२३ मंसिर, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अन्तरिम सरकार केवल चुनाव व्यवस्थापन गर्ने सरकार मात्र नभएको स्पष्ट पारेकी छन्। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसमा सम्बोधन गर्दै उनले यो सरकार सुशासनको मागसहित चलेको ‘जेनजी’ आन्दोलनको आधारमा बनेको बताइन्। उनका अनुसार सरकारले नियमित कामसँगै सुशासनका मुद्दामा छिटो गतिमा अघि बढिरहेको छ। उनले भने अनुसार ‘जेनजी’ आन्दोलनका माग र अपेक्षाअनुसार परिणाम देखिन केही समय लागे पनि सरकार भ्रष्टाचारविरुद्ध आवश्यक पर्ने जुनसुकै कडा कदम चाल्न पछि नहट्नेछ। यसका लागि राज्यका संयन्त्रहरू सक्रिय भइसकेका छन्। प्रधानमन्त्री कार्कीका भनाइमा, सरकारले उठाइरहेका कदमले प्रभावित भइरहेका केही समूहले प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिने प्रयाससमेत गरेका छन्। प्रधानमन्त्री…
२२ मंसिर, काठमाडौं — सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल डेटा सेन्टर पुगेपछि आन्दोलनपछिको कम्पनीको सेवा निरन्तरता र क्षतिको अवस्थाबारे चासो व्यक्त गरेका छन्।भदौ २३ र २४ गतेका आन्दोलनमा लैनचौरस्थित एनसेल कर्पोरेट कार्यालयमा आगजनी र तोडफोड हुँदा कम्पनीले ६७ करोड रुपैयाँभन्दा बढी क्षति व्यहोर्नुपरेको थियो। कर्पोरेट कार्यालय क्षतिग्रस्त भएपछि त्यहाँका धेरै काम अहिले डेटा सेन्टरमार्फत सञ्चालन भइरहेका छन्। सोमबार स्थलगत अनुगमन गर्दा मन्त्री खरेलले एनसेलले बेहोरेको क्षतिप्रति दु:ख व्यक्त गरे। उनले नेपाल टेलिकमजस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि बराबरी प्राथमिकता दिइने बताउँदै कुनै प्रकारको विभेद नहुने आश्वासन दिए। "एनसेलको फेयर बिजनेसलाई समर्थन गर्छौँ, नागरिकको सम्मान हुने वातावरण बनाउनु…
२१ मंसिर, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र भएका आगजनी घटनापछि क्षतिग्रस्त संरचनाको अवलोकन गर्न पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोही अवसरमा प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन्। भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनमा प्रदर्शनकारीले सिंहदरबार परिसरभित्रका विभिन्न मन्त्रालय, सवारीसाधन तथा अन्य संरचनामा आगो लगाएका थिए। हाल ती क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण कार्य जारी छ। सोही आन्दोलनका क्रममा भण्डारीको निजी निवासमा पनि आगजनी भएको थियो। आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच यसअघि भेट नभएकाले यो भेटवार्ता पहिलो भएको बताइएको छ।
२१ मंसिर, काठमाडौं — भारतको गोवा राज्यको उत्तरी क्षेत्र अर्पोरा स्थित एक नाइटक्लबमा भएको भीषण आगलागीमा २३ जनाको ज्यान गएको छ। किचनमा काम गर्ने क्रममा सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको भारतीय प्रहरीको भनाइ छ। समाचार एजेन्सी पीटीआई अनुसार, गोवाका डीजीपी आलोक कुमारले राति १२:०४ बजे सूचना पाएलगत्तै प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थलमा पुगेको बताए। उनका अनुसार सबै शव फेला पारिएको छ। आगलागी क्लबको भुइँतलामा रहेको किचन क्षेत्रबाट सुरु भएको थियो र त्यही क्रममा २३ जनाको मृत्यु भएको पुष्टि गरिएको हो। स्थानीय बासिन्दा र कर्मचारीका अनुसार, घटना हुँदा क्लबमा कर्मचारीसँगै केही ग्राहक पनि उपस्थित थिए। मृत्यु हुनेमध्ये चारजना पर्यटकसमेत रहेकाछन्।…
१९ मंसिर, काठमाडौं − जनकपुरधाम प्रवेशद्वार मानिने जनकपुर–ढल्केबर सिक्स–लेन सडकखण्डका तीन स्थानमा आकासेपुल निर्माण कार्य जारी छ। पैदलयात्रीको भीड, सवारीको उच्च चाप, ट्राफिक व्यवस्थापनमा चुनौती र बढ्दो दुर्घटना जोखिमलाई कम गर्नका लागि यो परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार करिब १० करोड ५० लाख रुपैयाँ लागतमा सडकका अत्यधिक भीडभाडयुक्त र जोखिमपूर्ण तीन स्थान—लक्ष्मीनियाँ बजार, महिला विकास चोक (महेन्द्रनगर बजार) र सखुवा चोक—मा आकासेपुल निर्माण भइरहेका छन्। इन्जिनियर उज्जवल झाका अनुसार एक महिनादेखि तीनै ठाउँमा पिल्लरलगायत आधारभूत संरचना निर्माण भइरहेको छ र लक्ष्यअनुसार समयमै काम सकिने छ। झाका अनुसार लक्ष्मीनियाँ बजारको पुल तीन करोड ४२ लाख रुपैयाँमा,…
१८ मंसिर, काठमाडौं — जेनजी प्रदर्शनका क्रममा ‘अपराधिक क्रियाकलाप’मा संलग्न व्यक्तिहरूका मुद्दा फिर्ता गर्नुपर्ने माग राखिएपछि सरकारका अधिकारी र जेनजी समूहबीच सोमबार तिक्तता पैदा भयो। प्रधानमन्त्री सुशीला कार्कीले मस्यौदा छिटो टुंग्याउन अधिकारीहरूलाई निर्देशन दिएपछि सुरु भएको वार्तामा आपराधिक मुद्दा र पक्राउ नगर्ने सम्बन्धी मागमा सहमति मिल्न नसकेको सरकारी पक्षले जनाएको छ। अधिकारीहरूका अनुसार कानुन विपरीत कसैलाई छुट दिन नसकिने अडानका कारण ‘नोकझोक’ भएको हो। सरकारी पक्षले संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय मानकअनुसार मात्र सहमति गर्न सकिने बताउँदै केही मागहरूका लागि संविधानसमेत संशोधन गर्नुपर्ने स्थिति देखिएको जनाइएको छ। जेनजी समूहका प्रतिनिधिले भदौ २३–२४ का घटनाका केस फाइलप्रति बढी चिन्ता व्यक्त गर्दै…
१८ मंसिर, काठमाडौं — काठमाडौंको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ। मदन भण्डारी कलेज नजिक भेटिएको उक्त शवको पहिचान ५० वर्षीय ललित गिरीका रूपमा खुलेको छ, जो काभ्रे मण्डनदेउपुर–१ का स्थायी बासिन्दा भई हाल शंखमुलमा बस्दै आएका थिए। गिरीको शव आज बिहान ६:५० बजे काठमाडौं महानगरपालिका–२९ अन्तर्गत रुद्रमति पुल मुनि फेला परेको हो। उनकी श्रीमतीले शवको सनाखत गरेकी छन्। शव नजिकै उनको साइकल पनि भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनी साइकल चलाउँदै गर्दा पुलबाट खसेका हुनसक्ने ठहर प्रहरीले गरेको छ। टाउकोमा गम्भीर चोट भेटिएकाले ढुंगामा टाउको ठोक्किँदा मृत्यु भएको अनुमान गरिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं…