Epost Nepal

एनसेल डेटा सेन्टर निरीक्षण गर्दै मन्त्री खरेलले क्षतिको अवस्थाप्रति चासो व्यक्त

२२ मंसिर, काठमाडौं — सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल डेटा सेन्टर पुगेपछि आन्दोलनपछिको कम्पनीको सेवा निरन्तरता र क्षतिको अवस्थाबारे चासो व्यक्त गरेका छन्।
भदौ २३ र २४ गतेका आन्दोलनमा लैनचौरस्थित एनसेल कर्पोरेट कार्यालयमा आगजनी र तोडफोड हुँदा कम्पनीले ६७ करोड रुपैयाँभन्दा बढी क्षति व्यहोर्नुपरेको थियो।

कर्पोरेट कार्यालय क्षतिग्रस्त भएपछि त्यहाँका धेरै काम अहिले डेटा सेन्टरमार्फत सञ्चालन भइरहेका छन्। सोमबार स्थलगत अनुगमन गर्दा मन्त्री खरेलले एनसेलले बेहोरेको क्षतिप्रति दु:ख व्यक्त गरे।

उनले नेपाल टेलिकमजस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि बराबरी प्राथमिकता दिइने बताउँदै कुनै प्रकारको विभेद नहुने आश्वासन दिए। “एनसेलको फेयर बिजनेसलाई समर्थन गर्छौँ, नागरिकको सम्मान हुने वातावरण बनाउनु आवश्यक छ,” उनले भने।

मन्त्री खरेलले एनसेलले सगरमाथा बेसक्याम्पसम्म फोर-जी सेवा विस्तार गर्ने र युवाकेंद्रित ‘जेन–जी’ एक करोड रुपैयाँ बराबरको स्कॉलरशिप कार्यक्रम ल्याउने तयारीबारे जानकारी पाएको उल्लेख गर्दै कम्पनीलाई धन्यवाद व्यक्त गरे।

एनसेलका सिइओ माइकल फोलेले नेपालमा दूरसञ्चार सेवालाई विश्वस्तरमा पुर्‍याउन अझै चुनौतिभरिएको बताउँदै शहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म सुदृढ पूर्वाधार निर्माण अत्यावश्यक रहेको जनाए।
उहाँले गुणस्तरमान सेवा कायम राख्न कम्पनीलाई निरन्तर ठूलो पुनर्लगानी आवश्यक पर्ने भन्दै सुरक्षित व्यावसायिक वातावरण अपरिहार्य हुनेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search