Epost Nepal

जेनजी सम्झौतामाथि ओलीको टिप्पणी : ‘सरकार नै असंवैधानिक, सम्झौता अर्थहीन’

२५ मंसिर, काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजी प्रतिनिधिसँग बुधबार गरेको सम्झौता औचित्यहीन रहेको टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौंमा सञ्चारकर्मी तथा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री स्वयं असंवैधानिक भएको दाबी गर्दै यस्तो ‘सम्झौतामा नाटक गरिएको’ आरोप लगाए।

ओलीका अनुसार आफू सुरुदेखि नै सरकारलाई अस्वीकार गर्दै आएको हुँदा सरकारले के–कससँग सम्झौता ग¥यो भन्ने कुरा अर्थहीन छ।

उनले भने, ‘उनीहरूको सबै गतिविधि अनधिकृत, अनुचित, असंवैधानिक, गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण छन्। सरकारको व्यवहार यस्तो हुनुहुँदैन।’

अध्यक्ष ओलीले राष्ट्रपतिले सरकारलाई चुनावमाथि मात्र केन्द्रित हुने निर्देशन दिएको स्मरण गराउँदै, व्यक्तिगत रिस–इर्ष्याका आधारमा प्रतिष्ठान ध्वस्त पार्ने प्रयास भइरहेको आरोप लगाए।

उनले चेतावनी दिँदै भने, ‘फागुन २१ पछि फागुन २२ पनि आउने छ। समय त्यहीँ रोकिने होइन। सचेत भएर, होस सम्हाली अघि बढ्न आवश्यक छ।’

जेनजी र सरकारबीच राजनीतिक नेताहरूका नाममा सञ्चालन भइरहेका प्रतिष्ठान, कोष र केन्द्रलाई राष्ट्रियकरण गर्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search