१८ असोज, काठमाडौं - नेपालको संविधान २०७२ जारी भएर मुलुक संघीयतामा गएको लामो समय बितिसक्दा पनि अझै वित्तीय संघीयता कार्यान्वयन भने चुनौतीपूर्ण रहेको धारणा जानकारहरुले राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालमा ‘संघीयता : वित्तीय दृष्टिकोण’ विषयक छलफल तथा प्रस्तुतीकरण कार्यक्रमका वक्ताहरुले वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक रहेको धारणा राखे । कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय संघीयता कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागी तीन तहका सरकार र निकायबीच समन्वय, सहककार्य र सहअस्तित्वको सिद्धान्तलाई प्राथमिकताका साथ पालना गरिनुपर्ने बताए । स्थानीय तह र प्रदेश सरकारले राजस्व उठाउने र…
१७ असोज, काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना नरहेको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँअघि सञ्चालनमा नआउने जानकारी दिएका हुन् । सचिव शर्माले मन्त्रालयको टोलीले बीपी राजमार्गको स्थलगत अवलोकनसमेत गरेर आएको जानकारी दिँदै दसैँ अगाडि खुल्ने सम्भावना नभएको बताएका हुन् । ‘बीपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडि त्यो खुल्ने सम्भावना छैन । हामी त्यो निस्कर्षमा पुग्यौँ । काम निरन्तर गर्छौँ किनभने त्यहाँ गाडीहरू रहेका छन् । गाडीका स्टाफहरू गाडी कुरेर बस्नुभएको छ,' उनले भने, 'सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडि अड्किएका गाडीहरू ल्याउने…
१६ असोज, काठमाडौं - नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले जनतामा पीडामा भएको बेला सेवाप्रदायक निकायले थप सरल सेवा प्रवाह गर्नुपर्नेमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार उक्त विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गुरू बरालले विज्ञप्ति जारी गर्दै दसैँको मुखमा भएको मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गरेको हो । 'देशमा आएको बाढी पहिरोले नेपाली जनता अत्यन्त पीडामा छन् । यस्तो विषम परिस्थितिमा जनजीवन सहज बनाउनु र जनतालाई राहत दिनको सट्टा निजी क्षेत्रको बायु सेवा कम्पनीहरुले साबिकको मूल्य भन्दा दोब्बर- तेब्बर भाडा लिएर दुःख दिने काम भएकोमा विभागको ध्यानाकर्षण भएको छ,' बरालले विज्ञप्तिमार्फत भनेका…
१५ असोज, काठमाडौं - राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताकासाथ अगाडि बढाउन निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले सरकारलाई हवाई भाडा नबढाउन र सडक यातायात सुचारू गर्नका लागि तत्कालै सडकहरु मर्मत गर्न पनि निर्देशन दिएको छ । 'हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरु तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पूर्ववत मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरुले राहत छिटो भन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ,' समितिको निर्णय…
१४ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारको विरोध गर्नुभन्दा सबै मिलेर जानुपर्ने बताएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा विपद्का बेला सबैको हातेमालोको आवश्यकता पर्ने बताए । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताए । त्यस्तै उनले सरकारले आफ्नो क्षमताअनुसार काम गरेको बताए । 'विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास गरेको छ । तत्काल बैठक बसेर, सेना, प्रहरी परिचालन गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । पूर्वसूचना…
१३ असोज, काठमाडौं - सर्वदलीय बैठकले बाढी-पहिरोमा परेकालाई तत्काल उद्धार गरेर उचित बासस्थान र राहतको व्यवस्था मिलाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठकले ९ वटा निर्णय गरेको छ । निर्णयहरु: १. अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्णमा हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं । सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । २. अविरल वर्षाको कारण आएको बाढीपहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने । ३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अबरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका…
१२ असोज, काठमाडौं - अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् । सडक विभाग कार्यालयले शनिबार दिउँसो १२ बजेसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीपहिरो तथा डुबानका कारण काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए । ´ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्कविच्छेद हुँदा सबै विवरण संकलन गर्न पनि सकिएको छैन,' अर्यालले भने, 'पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष…
१२ असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि गृहमन्त्री लेखकले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकाबाट मात्रै साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्धार गरिएको जानकारी दिए । मुलुकमा ठुलो विपद्को स्थिति रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना सङ्कलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए । उनले भने, ‘ठुलो जनधनको क्षति भएको छ, ज्यान…
१२ असोज, सुनसरी - निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोसी नदीमा खतरा उत्पन्न भएको हो । पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । बाढीबाट हुने सम्भावित घटनालाई ध्यान दिँदै कोशी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेन्ड ४ लाख ४९ हजार ६८० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
१२ असोज, मकवानपुर - अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलिएको छ । शनिबार बिहान करिब ५ बजे कुलेखानी जलाशय ओभर फ्लो भएपछि ड्यामको ढोका खोलिएको हो । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष…