Epost Nepal

मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन सरकारसँग कांग्रेसको आग्रह

१६ असोज, काठमाडौं – नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले जनतामा पीडामा भएको बेला सेवाप्रदायक निकायले थप सरल सेवा प्रवाह गर्नुपर्नेमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार उक्त विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गुरू बरालले विज्ञप्ति जारी गर्दै दसैँको मुखमा भएको मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गरेको हो ।

‘देशमा आएको बाढी पहिरोले नेपाली जनता अत्यन्त पीडामा छन् । यस्तो विषम परिस्थितिमा जनजीवन सहज बनाउनु र जनतालाई राहत दिनको सट्टा निजी क्षेत्रको बायु सेवा कम्पनीहरुले साबिकको मूल्य भन्दा दोब्बर- तेब्बर भाडा लिएर दुःख दिने काम भएकोमा विभागको ध्यानाकर्षण भएको छ,’ बरालले विज्ञप्तिमार्फत भनेका छन्, ‘नागरिकको जीवन सहज बनाउन र सुशासनको अनुभूति गराउने काम सरकारको हो । यस्तो अवस्थामा सरकारी निकायहरू थप जिम्मेवाररुपमा प्रस्तुत हुन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search