Skip to main content

Epost Nepal

सरकारले आफ्नो क्षमताअनुसार काम गरेको छ, विपद्‍का बेला सरकारको विरोध गर्नुभन्दा सबै मिलेर जानु पर्दछ: प्रधानमन्त्री केपी शर्मा ओली

१४ असोज, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्‍का बेला सरकारको विरोध गर्नुभन्दा सबै मिलेर जानुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा विपद्का बेला सबैको हातेमालोको आवश्यकता पर्ने बताए ।

पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताए । त्यस्तै उनले सरकारले आफ्नो क्षमताअनुसार काम गरेको बताए ।

‘विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास गरेको छ । तत्काल बैठक बसेर, सेना, प्रहरी परिचालन गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । पूर्वसूचना दिएर पहिरो जाँदैन । त्यसमा सरकारले तदारुकताका साथ काम गर्ने हो,’ ओलीले भने, ‘मैले पाएको जानकारीअनुसार आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन ।’

आफू विदेशमा हुँदा पनि नेपालमा भइरहेका घटनाको जानकारी लिएको ओलीले बताए । आफू नेपाल आइसकेको र अब अझ प्रभावकारी ढंगले काम अगाडि बढाउने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *