१९ भदौ, काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताए । ‘अहिलेको बेला चुनौतिपूर्ण ढंगको अवस्था पनि छ । चुनौतिपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरु अझ बढी जागरुक हुनुहुनेछ । कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ । प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ । त्यसमा हामी सबै लाग्नुछ । यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान् । तर…
१८ भदौ, काठमाडौं - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिका विषयमा पूर्वप्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ । मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै एक विशिष्ट श्रेणीका राष्ट्रसेवक प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति भाषिक अराजकता रहेको जनाएको हो । साथै मञ्चले तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेको छ । 'बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि…
१७ भदौ, काठमाडौं - अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिन सहमति जनाएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध किसानहरूको बाँकी रकम भुक्तानीका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग गतेको पहलपछि अर्थ मन्त्रालयले सर्तसहित रकम दिन सहमति दिएको हो । अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानीअन्तर्गत एक करोड रुपैयाँ बजेट व्यवस्था भएको थियो । कृषि मन्त्रालयमा…
१६ भदौ, काठमाडौं - नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी एक्लैले जित्न सक्ने गरी पार्टीको संगठन विस्तार गर्ने निर्णय गरेको छ । महामन्त्री गगन थापाले गत फागुनकाे महासमिति बैठकमा प्रस्तुत गरेको संगठनसम्बन्धी दस्तावेजमा रहेको 'प्रि-इलेक्सन गठबन्धन' सम्बन्धी प्रस्तावबारेकाे छलफलपछि बैठकले आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी एक्लैले जित्न सक्ने गरी पार्टीको संगठन विस्तार गर्ने निर्णय लिएको हो । बैठकपछि प्रवक्ता प्रकाशसरण महतले गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालको रणनीतिक विषय भएकाले अहिले त्यस विषयमा कुनै निर्णय नलिई पार्टीको संगठनलाई मजबुद बनाउने र एक्लै चुनाव जित्ने अवस्था सिर्जना गर्नेमा केन्द्रीत हुने निर्णय गरेको बताए । उनका अनुसार बैठकले महासमितिमा उपसभापति…
१५ भदौ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले धेरै पटक प्रधानमन्त्री बन्ने खालको अवस्था हटाउनुपर्ने भनाइ दोहोर्याएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको भन्दै उक्त प्रस्ताव आइतबारको बैठकबाट पारित हुने बताए । शर्माको उक्त प्रस्तावलाई लिएर पार्टीभित्र बहस भइरहेको छ । महामन्त्री शर्माले भने त्यसबारे बैठकले साझा दृष्टिकोण बनाउने र सहमतिबाट पारित गर्ने दाबी गर्छन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने भन्दै उनले अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने बताए । महामन्त्री…
१४ भदौ, सुर्खेत - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताएका छन् । पार्टी केन्द्रद्वारा सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय परामर्श बैठक’लाई सम्बोधन गर्न आइपुगेका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारु, मजदुर, किसानलगायतको पाएको अधिकार बचाउने जिम्मा माओवादी केन्द्रको भएको बताए । त्यसका लागि माओवादी केन्द्रले एकतावद्ध भएर परिस्थितिको सामना गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न अध्यक्षले सबैलाई आग्रह गरे । विस्तृत शान्ति सम्झौतालाई संविधानको…
१३ भदौ, काठमाडौं - सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो । हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् । हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए । तर सरकारले चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनाएको छ ।
१३ भदौ, काठमाडौं - अमेरिका लगायत यूरोपियन युनियनसहित १० राष्ट्रले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएकोमा स्वागत गरेका छन् । अमेरिका, स्विजरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकको स्वागत गरेका हुन् । “नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको हामी निम्नानुसारका हस्ताक्षरकर्ता स्वागत गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा आफूहरु पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्नेतर्फ लागको उनीहरुले जनाएका छन्…
१२ भदौ, काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय सुधार गर्न सबैभन्दा पहिले राजनीति दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताएकी छन् । बुधबार मन्त्री भट्टराईले मन्त्रालयमा संचारकर्मीसँग छलफल गर्दौ शिक्षा क्षेत्रमा देखिएको राजनीति समस्याको सामाधान राजनीति दलहरुबाटै खोज्नु पर्ने उल्लेख गरिन् । यसका लागि मन्त्रालयले पहल गरिरहेको उनको भनाइ थियो । ‘जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन नि तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिन्दैन,’ मन्त्री भट्टराईले आफ्नो शिक्षा सुधारको कार्यढाँचा प्रस्तुत गर्दै भनिन्, ‘विद्यालयदेखि विश्वविद्यालयहरुमा बढ्दै गएको राजनीति हस्तक्षेपकै कारण शिक्षामा गुणस्तर सुधार हुन सकिरहेको छैन । शिक्षामा राजनीति हस्तक्षेप रोक्न मेरो प्रयास जारीनै छ ।’…
११ भदौ, अष्ट्रेलिया (एजेन्सी) - अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ । मंगलबार गरेको घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यावसायिक शिक्षा र प्रशिक्षण (भिईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैर–विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ । शिक्षा मन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाएका छन् । उनले निर्धारित सीमाहरू, संसदले…