Skip to main content

Epost Nepal

वरियतामा चौथो नम्बरमा रहेका एकनारायण अर्याल नियुक्त भए मुख्यसचिवमा

१३ भदौ, काठमाडौं – सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो । हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् ।

हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए ।

तर सरकारले चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *