Epost Nepal

प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

१५ भदौ, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले धेरै पटक प्रधानमन्त्री बन्ने खालको अवस्था हटाउनुपर्ने भनाइ दोहोर्‍याएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको भन्दै उक्त प्रस्ताव आइतबारको बैठकबाट पारित हुने बताए ।

शर्माको उक्त प्रस्तावलाई लिएर पार्टीभित्र बहस भइरहेको छ । महामन्त्री शर्माले भने त्यसबारे बैठकले साझा दृष्टिकोण बनाउने र सहमतिबाट पारित गर्ने दाबी गर्छन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने भन्दै उनले अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने बताए ।

महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने बताए । उनले उक्त दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्ने गरी अघि बढाउने पनि बताए ।

उनले भने, ‘कांग्रेसमा अहिले १, २, ३, ४ भन्ने सुन्नुभएको होला । यो देशमा खाली प्रधानमन्त्री एकै अनुहारहरू पटक-पटक  हुने अवस्था छ । नागरिकलाई ताजा नेतृत्व कहिले आउँछ ? भन्ने चासो छ । त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु । कुनैपनि राजनीतिक दलले कसैलाई पनि दुई पटक राष्ट्रपति बनाउन पाउँदैन, यो देशको राष्ट्रपति एक व्यक्ति एक पटकमात्रै राष्ट्रपति बनेर शितलनिवासबाट बिदा भएर जानुपर्छ । अनि प्रधानमन्त्री बन्दै गर्दा चार पटक, छ पटकसम्म प्रधानमन्त्री हुनुभयो रे भन्ने  सुनिरहन अबको युवा पुस्ता तयार छैन । त्यसकारण अब प्रधानमन्त्री जतिसुकै लोकप्रिय भएपनि, जनताको जतिसुकै रुवावासी चलोस्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search