Epost Nepal

आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी एक्लैले जित्न सक्ने गरी पार्टीको संगठन विस्तार गर्ने कांग्रेसको निर्णय

१६ भदौ, काठमाडौं – नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी एक्लैले जित्न सक्ने गरी पार्टीको संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

महामन्त्री गगन थापाले गत फागुनकाे महासमिति बैठकमा प्रस्तुत गरेको संगठनसम्बन्धी दस्तावेजमा रहेको ‘प्रि-इलेक्सन गठबन्धन’ सम्बन्धी प्रस्तावबारेकाे छलफलपछि बैठकले आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी एक्लैले जित्न सक्ने गरी पार्टीको संगठन विस्तार गर्ने निर्णय लिएको हो ।

बैठकपछि प्रवक्ता प्रकाशसरण महतले गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालको रणनीतिक विषय भएकाले अहिले त्यस विषयमा कुनै निर्णय नलिई पार्टीको संगठनलाई मजबुद बनाउने र एक्लै चुनाव जित्ने अवस्था सिर्जना गर्नेमा केन्द्रीत हुने निर्णय गरेको बताए ।

उनका अनुसार बैठकले महासमितिमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनहरू संशोधनसहित पारित गरेको छ ।

‘बैठक लामो समयसम्म चल्यो । हामीले पटक-पटक बैठक बसेर छलफल गर्‍यौँ,’ उनले भने, ‘आजको बैठकबाट गत फागुनमा भएको महासमिति बैठकमा पेस भएका दस्तावेजहरू केही संशोधनसहित पारित गरिएको छ । कतिपय विषय आगामी दिनमा छलफल गरेर अघि बढ्ने निष्कर्षसहित पारित गरेका छौँ ।’

प्रवक्ता महतले महामन्त्री थापाको प्रस्तावका सन्दर्भमा पार्टी संगठनलाई चुस्तरुपमा अघि बढाउने, गाउँ-गाउँमा संगठन मजबुद बनाउने, सक्रिय सदस्यता नवीकरण र वितरण गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search