Epost Nepal

Breaking News 2

रास्वपा–विवेकशील साझाको एकता सार्वजनिक

रास्वपा–विवेकशील साझाको एकता सार्वजनिक

१४ मंसिर, काठमाडौं − राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकता घोषणा गरिएको छ। आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत दुवै पार्टीले एकताको घोषणा गरेका हुन्। रवि लामिछाने नेतृत्व रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच केही दिनअघि नै एकतामा सहमति बनेको थियो। विवेकशील साझाले आफ्नो केन्द्रीय समिति बैठकबाट पार्टी एकताको प्रस्ताव अनुमोदन पनि गरिसकेको थियो। त्यसअघि, दुवै पार्टीले कार्यदल गठन गरी एकता प्रक्रियाबारे विस्तृत छलफल गरेका थिए। तर विवेकशील साझाका नेता मिलन पाण्डे भने यो एकतामा सहभागी नबन्ने भएका छन्। नाम र चुनाव चिह्न रास्वपाकै रहने सहमतिसहित विवेकशील साझाले एकतामा जाने निर्णय गरेको…
Read More

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार यसमध्ये ७ हजार ७५३ कारागारतर्फ र ६२२ सुधारगृहतर्फका कैदीबन्दी अझै फरार रहेका छन्। देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कुल १४ हजार ५५५ कैदीबन्दी भागेका थिए। यसमा १३ हजार ५९१ जना कारागारबाट र ९६४ जना बाल सुधार गृहबाट फरार भएका थिए। फरारमध्ये अहिलेसम्म ६ हजार १७९ जना फिर्ता भएका छन्। कारागारतर्फ ५ हजार ८३८ र बाल सुधार गृहतर्फ ३४१ जना फिर्ता आएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए।…
Read More

संविधान दिवसमा राष्ट्रपति पौडेलको सन्देश– सुशासन र एकताबाट समृद्धि सम्भव

३ असोज, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रतर्फ देशलाई डोऱ्याउने लक्ष्य लिएको बताएका छन्। संविधान दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए। साथै, आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन राज्य जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे। संविधानको मर्मलाई व्यवहारमा उतार्न सबैले मन, वचन र कर्ममार्फत इमानदारी र प्रभावकारी योगदान गर्नुपर्नेमा पनि उनले आह्वान गरे। उनले भने, “संविधानको भावना कार्यान्वयन गर्न हरेक क्षेत्रबाट ईमानदार प्रयास आवश्यक छ।” उनका अनुसार, वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक शासन प्रणालीबाट…
Read More
राजावादी आन्दोलनको अराजकता सह्य नहुने, दोषीलाई कडा कारबाही हुने: गृहमन्त्री लेखक

राजावादी आन्दोलनको अराजकता सह्य नहुने, दोषीलाई कडा कारबाही हुने: गृहमन्त्री लेखक

१६ चैत, काठमाडौं — गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनको नाममा भएको हिंसात्मक आक्रमणलाई आपराधिक कार्यको संज्ञा दिँदै संलग्नहरूमाथि कानुनी कारबाही हुने बताएका छन्। शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनधनको क्षति गर्ने तत्वहरूमाथि विस्तृत अनुसन्धान गरी कडा कारबाहीको प्रतिबद्धता जनाए। शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा राजावादीहरूले आयोजना गरेको आन्दोलन उग्र बन्दा दुईजनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएका थिए। आक्रमणकारीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा समेत आगजनी गरेको गृहमन्त्री लेखकले पुष्टि गरे। गृहमन्त्री लेखकले आन्दोलन कुनै राजनीतिक दर्शन, सिद्धान्त वा चेतनासँग सम्बन्धित नभई योजनाबद्ध आक्रमण भएको बताए। "घरभित्र मानिसहरू रहेको…
Read More
सभापति देउवाको प्रतिबद्धता: ‘गठबन्धन सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ’

सभापति देउवाको प्रतिबद्धता: ‘गठबन्धन सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ’

१८ माघ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दलहरूबीच भएको सात बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको ६ महिनाको कार्यकाल सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरे। "विगतमा सरकारहरू अस्थिर हुँदा यो गठबन्धन निर्माण भएको हो। हामी नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरूको निरन्तर सहयोग रहेको छ। सात बुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ छ," उनले भने। सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकमा स्थायित्व र समृद्धि ल्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे। उनले भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार, तथा दिगो शान्ति स्थापना सरकारका मुख्य प्राथमिकता…
Read More
वैदेशिक सहायता नीतिमा राष्ट्रिय सहमति आवश्यक: गगन थापा

वैदेशिक सहायता नीतिमा राष्ट्रिय सहमति आवश्यक: गगन थापा

९ माघ, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशिक सहायता नीतिमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा सानेपामा आयोजित गोष्ठीमा बोल्दै थापाले वैदेशिक सहयोगको नीति सरकार बदलिए पनि स्थिर रहनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “वैदेशिक सहायता नीति जुनसुकै सरकार आए पनि स्थिर रहनुपर्छ। यो नेपालको राष्ट्रिय स्वार्थसँग जोडिएको विषय हो। यदि राजनीतिक दलहरूबीच यसबारे एउटै धारणा बनाउन सक्यौं भने यो नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ। तर, त्यसो गर्न नसक्ने हो भने हरेक नयाँ सरकार डराउने स्थिति सिर्जना हुन्छ।” थापाले वैदेशिक सहायता परिचालनमा राजनीतिक प्रभावलाई न्यून गरी विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा…
Read More
सुप्रिम सहकारी ठगी प्रकरण: ४२ जनाविरुद्ध मुद्दा दायर, १ अर्बभन्दा बढी बिगो माग

सुप्रिम सहकारी ठगी प्रकरण: ४२ जनाविरुद्ध मुद्दा दायर, १ अर्बभन्दा बढी बिगो माग

६ माघ, रूपन्देही– सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, र लक्ष्मी पौडेलसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। रवि, छवि र लक्ष्मीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो मागसहित आइतबार पूरक अभियोग दर्ता गरिएको हो। यसअघि दर्ता भएका २८ प्रतिवादीमध्ये १७ जनाविरुद्ध थप कसुर र बिगोको दाबी गरिएको छ। सरकारी वकिल कार्यालयका अनुसार, गितेन्द्रबाबु राईविरुद्ध ५१ करोड १ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो माग गरिएको छ। संचालक दिनेश रोकालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएको छ। प्रहरी अनुसन्धानले सुप्रिम सहकारीका १०…
Read More
विपक्षी सात दलको सरकारलाई चेतावनी: संसद्‍को हिउँदे अधिवेशन तुरुन्त बोलाउन माग

विपक्षी सात दलको सरकारलाई चेतावनी: संसद्‍को हिउँदे अधिवेशन तुरुन्त बोलाउन माग

४ माघ, काठमाडौं – संघीय संसद्मा रहेका सात विपक्षी दलले सरकारले नियमित हिउँदे अधिवेशन नबोलाएर गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् जारी गर्ने कदमप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूले संसद्को गरिमा कायम राख्न तत्काल हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन्। विपक्षी दलहरूको संयुक्त विज्ञप्तिमा सरकारले बहुमतको दुरुपयोग गर्दै संसदलाई छल्ने र राज्यका निकायहरूलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, "संसद्‍लाई पन्छाउँदै सरकारका राजनीतिक निर्णय र काम कारबाहीहरू पूर्वाग्रही र स्वेच्छाचारी छन्, जसले लोकतन्त्र र विधिको शासनमाथि गम्भीर संकट निम्त्याउन सक्छ।" विपक्षी नेताहरूले संसद्को नियमित अधिवेशन आह्वान नगरे सरकारको कदमलाई निरंकुशता र स्वेच्छाचारिता ठहर गर्दै विशेष अधिवेशन…
Read More
दाहाल: यो सरकारको औचित्य गुम्दै गएको छ, अपारदर्शी तरिकाले बनेको आरोप

दाहाल: यो सरकारको औचित्य गुम्दै गएको छ, अपारदर्शी तरिकाले बनेको आरोप

४ माघ, काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो औचित्य गुमाउँदै गएको दाबी गरेका छन्। संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित विपक्षी दलको पत्रकार सम्मेलनमा उनले सरकारका गतिविधिले जनतामा निराशा र असन्तुष्टि मात्रै बढाएको टिप्पणी गरे। दाहालले कांग्रेस-एमाले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठन नै संविधानको मर्म र भावनाविपरीत रहेको आरोप लगाए। "सरकारका क्रियाकलापले आम निराशा उत्पन्न गरेको छ। यो सरकार अपारदर्शी र अप्राकृतिक तरिकाले बनेको छ," दाहालले भने। उनले सरकारका गलत निर्णय र क्रियाकलापका कारण विपक्षी दलहरू एकजुट भएर विरोधमा उभिन बाध्य भएको स्पष्ट पारे। "देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्तासहित हामीले विरोध…
Read More
बीआरआई सम्झौतामा ऋण भन्ने शब्द छैन: परराष्ट्रमन्त्री राणा

बीआरआई सम्झौतामा ऋण भन्ने शब्द छैन: परराष्ट्रमन्त्री राणा

२९ पुस, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण भन्ने शब्द नै नरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्पष्ट पारेकी छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री राणाले बीआरआई सम्झौतामा हस्ताक्षर गर्दा अनिवार्य रूपमा ऋण लिनुपर्ने कुनै बाध्यात्मक अवस्था नरहेको बताइन्। कांग्रेसका केही सांसदहरूले बीआरआई सम्झौतामा ऋण लिने शर्तसहित हस्ताक्षर गरिएको दाबी गर्दै संसदीय समितिमा प्रश्न उठाएका थिए। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय समितिमा बोलाएर बीआरआई सम्झौताबारे स्पष्ट पार्नुपर्ने र सम्झौताको आधिकारिक कागजात प्रस्तुत गर्नुपर्ने माग गरेका थिए। यसप्रति प्रतिक्रिया दिँदै मन्त्री राणाले बीआरआई सम्झौता विस्तृत…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search