Epost Nepal

Breaking News 2

टीआरसी विधेयक सर्वसम्मत हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको नेकपा माओवादी केन्द्रको निष्कर्ष

टीआरसी विधेयक सर्वसम्मत हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको नेकपा माओवादी केन्द्रको निष्कर्ष

३१ साउन, काठमाडौँ - नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको स्थायी समिति बैठकले १८ वर्षदेखि टुंगोमा पुग्न नसकेको शान्ति प्रक्रिया सत्तापक्ष र प्रतिपक्षबीच सर्वसम्मत हुनु शान्ति प्रक्रियाको अर्को कदम भएको निष्कर्ष निकालेको हो । अध्यक्ष पुष्पकमल दाहालले टीआरसी विधेयकमा सर्वसम्मत हुनु महत्वपूर्ण काम भएको उल्लेख गर्दै यसलाई पूर्णरुपमा सफल बनाउनु पर्ने बताए । ‘शान्ति प्रक्रिया महत्वपूर्ण काम भएको छ । मलाई शान्ति प्रक्रिया टुंगो लगाउन ध्यान दिएन भन्ने थियो । मेरो पहिलेदेखि नै सर्वसम्मतिबाट गर्नुपर्छ भन्ने थियो,’ दाहालले भने, ‘प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएर धेरै राम्रो भएको छ ।’…
Read More
प्रतिनिधिसभााबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बहुमतले पारित

प्रतिनिधिसभााबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बहुमतले पारित

३० साउन, काठमाडौँ - प्रतिनिधिसभााबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) बहुमतले पारित भएको छ । बुधबार दिनभर छलफलपछि प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ (टीआरसी) पारित गरेको हो । बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासीयाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि छलफल सकिएपछि सभामुख देवराज  घिमिरेले (टीआरसी) निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गरेका हुन् । अब उक्त विधेयक राष्ट्रियसभाबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिनेछ । बैठकमा विधेयक प्रस्तुतअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । त्यसपछि…
Read More
एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने प्रधानमन्त्रीको दाबी

एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने प्रधानमन्त्रीको दाबी

२९ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने ओलीको भनाइ थियो । बालबालिकाहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको उनले बताए । ‘बालबालिका सडकमा हुनु हुँदैन । सरकारमा आउनेबित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु कि एक वर्षभित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ,’ उनले भने, 'हाम्रा छोराछोरी, हाम्रा बालबच्चाहरु अभिभावकविहीन भएर सडकमा…
Read More
स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई पार्टीले अपनत्व लिएर अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आग्रह

स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई पार्टीले अपनत्व लिएर अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आग्रह

२८ साउन, काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई पार्टीले अपनत्व लिएर अघि बढाउन आग्रह गरेका छन् । सोमबार कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै मन्त्री पाौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्‍याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चित गर्न सकिनेबारे बताए । उनले ४० अर्ब हाराहारीमा बिमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउनेबारे प्रस्ताव गरे । मन्त्री पौडेलले भने, 'मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजना अन्तर्गतको…
Read More
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरे स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सार्वजनिक, स्वास्थ्य बिमा कार्यक्रम सुधार मुख्य प्राथमिकतामा

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरे स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सार्वजनिक, स्वास्थ्य बिमा कार्यक्रम सुधार मुख्य प्राथमिकतामा

२७ साउन, काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उनले अल्पकालीन र दीर्घकालीन गरी १४ बुँदे कार्ययोजना प्रस्तुत गरेका हुन् । मन्त्री पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताएका छन् । स्वास्थ्य बिमा कार्यक्रमको सुधार उनको मुख्य प्राथमिकतामा छ । बिमा सुविधाकोे दायरा बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने र प्रेषण प्रणाली सहज बनाउने उनको प्रस्ताव छ । कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, आमा सुरक्षा…
Read More
ओली सरकारको जग हल्लिन थालेको छ: माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

ओली सरकारको जग हल्लिन थालेको छ: माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

२६ साउन, काठमाडौँ - माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । पार्टीसम्बद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले वर्तमान सरकार लामो समय नचल्ने बताएका हुन् । सरकारमा भएर पनि कांग्रेस–एमालेपंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक सय दिन) कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे । आफूहरूको प्राथमिकतामा सरकार नरहेको, तर चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो । ‘कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन् । संसदमा र बाहिर पनि…
Read More
भारतीय विदेश सचिव विक्रम मिस्री साउन २७ र २८ गते नेपाल भ्रमणमा आउने

भारतीय विदेश सचिव विक्रम मिस्री साउन २७ र २८ गते नेपाल भ्रमणमा आउने

२५ साउन, काठमाडौँ - भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् । शुक्रबार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विदेश सचिव मिस्रीको नेपाल भ्रमणको औपचारिक रुपमा घोषणा गरेका हुन् । नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्रीले साउन २७ र २८ गते नेपालको औपचारिक भ्रमण गर्दैछन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालय विज्ञप्ति जारी गर्दै दुई सचिवहरुले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र संयुक्त लाभ हुने विषयमा सहकार्य गर्दै अघि बढ्नेलगायत विभिन्न पक्षहरुमा कुराकानी गर्ने…
Read More
१३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्वीकार्ने मन्त्रिपरिषद्को निर्णय

१३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्वीकार्ने मन्त्रिपरिषद्को निर्णय

२४ साउन, काठमाडौँ - सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्वीकार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बेलायतबाट प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धिलाई बढावा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५८ करोड) र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५० करोड) अनुदान सहायता स्वीकार्ने निर्णय गरेको हो । गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैंकबाट जीवमैत्री…
Read More
अहिलेको गठबन्धन डरमा आधारित छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

अहिलेको गठबन्धन डरमा आधारित छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

२३ साउन, काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान गठबन्धन डरमा आधारित गठबन्धन भएको बताएका छन् । उनले डरमा आधारित भ्रष्टाचारीहरुको संरक्षण गर्ने गठबन्धनबाट जनताले धेरै आशा गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे । बुधबार पेरिसडाँडामा माओवादी केन्द्र हुम्लाले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिलेको परिस्थितिलाई नेकपा माओवादी केन्द्रले संगठन बनाउने अवसरकारुपमा प्रयोग गर्नुपर्ने बताए । अध्यक्ष दाहालले भने, 'अहिलेको गठबन्धन डरमा आधारित छ । यो गठबन्धन भ्रष्टाचारीलाई संरक्षणका लागि बनाइएको हो । हाम्रो बहिर्गमन जितको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो ।'…
Read More
पूँजीपतिहरूको भुलभुलैयाका कारण पार्टीमा समस्या भयो: पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

पूँजीपतिहरूको भुलभुलैयाका कारण पार्टीमा समस्या भयो: पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

२२ साउन, विराटनगर - पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई दलाल पुँजीपतिहरूले भुलभुलैयामा पारेको बताएका छन् । दाहालले आफू, पदाधिकारी तथा कार्यकर्ताहरू दलाल पुँजीपति र विभिन्न गिरोहका कारण प्रदूषित भएको पनि स्वीकार गरे । विराटनगरमा मंगलबार बसेको माओवादी कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले दलाल पुँजीपति र विभिन्न गिरोहले पार्टीलाई भुलभुलैयामा पारेको भन्दै आत्मालोचना गरेका हुन् । ‘आफू प्रदूषित भएकोमा आत्मालोचना गर्छु । ममात्रै होइन, पदाधिकारी र तपाईंहरू पनि प्रदूषित हुनु भएको छ,’ उनले भने, ‘जनयुद्धका बेलाका हजारौं ‘होलटाइमर’ कार्यकर्तालाई व्यवस्थापन गर्न हामी प्रहर्षित भयौं । तर, दलाल पूँजीपतिहरूको भुलभुलैयाका कारण पार्टीमा समस्या भयो ।’ माओवादी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search