Epost Nepal

अहिलेको गठबन्धन डरमा आधारित छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

२३ साउन, काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान गठबन्धन डरमा आधारित गठबन्धन भएको बताएका छन् ।

उनले डरमा आधारित भ्रष्टाचारीहरुको संरक्षण गर्ने गठबन्धनबाट जनताले धेरै आशा गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे ।

बुधबार पेरिसडाँडामा माओवादी केन्द्र हुम्लाले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिलेको परिस्थितिलाई नेकपा माओवादी केन्द्रले संगठन बनाउने अवसरकारुपमा प्रयोग गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘अहिलेको गठबन्धन डरमा आधारित छ । यो गठबन्धन भ्रष्टाचारीलाई संरक्षणका लागि बनाइएको हो । हाम्रो बहिर्गमन जितको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो ।’

उनले अब यही कुरालाई लिएर पार्टीले देशभरि अभियान सञ्चालन गर्नुपर्ने र पार्टीको संगठन विस्तारमा जोड दिनुपर्ने बताए ।

‘मैले संसद्मा गरेको सम्बोधन एउटा सम्बोधन मात्रै होइन, त्यो प्रतिक्रान्तिका विरुद्ध नयाँ क्रान्तिका लागि गरिएको अर्को अपिल पनि हो । पार्टी र नेतृत्वको मनस्थिति के हो ? अबको बाटो के हो ? कता जाने हो ? भनेर मैले स्पष्ट कुरा राखेको छु,’ उनले भने, ‘हामी सरकारबाट बाहिरिँदै गर्दा एउटा भाष्य बनेकै छ । यो सरकारले भ्रष्टाचारका फाइल खोल्यो, र भ्रष्टाचारीहरु डराएर षड्यन्त्र गरे । प्रपञ्च गरे । र उनीहरु एक भएर माओवादी नेतृत्वको सरकारलाई हटाए भन्ने सन्देश जनतामा पुगेको छ ।’

उनले फेरि पनि माओवादी आन्दोलनको पक्षमा नपत्याउने गरी जनलहर सिर्जना हुन सक्ने सम्भावना देखेको बताए । ‘माओवादीमा गुटहरु छन् । फेरि पार्टी फुट्ने पो हो कि भनेर तपाईहरु सशंकित हुनुपर्दैन,’ उनले भने, ‘अब फुट्ने होइन, जुट्ने बेला छ । हिजो फुटेका साथीहरु पनि फेरि एकपटक पार्टीमा गोलबद्ध हुन तयार भएर आउनुभएको छ । मैले त्यसको नेतत्व गर्ने प्रयास गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search