२९ साउन, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने दाबी गरेका छन् ।
काठमाडौंमा मंगलबार आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने ओलीको भनाइ थियो । बालबालिकाहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको उनले बताए ।
‘बालबालिका सडकमा हुनु हुँदैन । सरकारमा आउनेबित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु कि एक वर्षभित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ,’ उनले भने, ‘हाम्रा छोराछोरी, हाम्रा बालबच्चाहरु अभिभावकविहीन भएर सडकमा अलपत्र पर्न मिल्दैन । सरकारले त्यसको जिम्मा लिनुपर्छ । त्यसकारण सरकारले त्यसको जिम्मा लिन्छ ।



