Epost Nepal

गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

११ असोज, पोखरा – सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

असोज ६ मा काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई त्यसै दिन जहाजमार्फत पोखरा ल्याइएको थियो । भोलिपल्ट अदालतमा उपस्थित गराएर प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति मागेको थियो । अदालतले दिएको ५ दिनको अनुमति शुक्रबार पूरा भएसँगै पुनः म्याद थप भएको हो ।

गोर्खा मिडिया प्रालिमा विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रुपमा भित्र्याएर अपचलन गरेको भन्दै सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिले उनलाई समेत कारबाहीको सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search