Epost Nepal

Breaking News 1

जेन–जी आन्दोलनबारे रमेश लेखकको स्पष्टिकरण: आदेश दिएको छैन

जेन–जी आन्दोलनबारे रमेश लेखकको स्पष्टिकरण: आदेश दिएको छैन

१४ पुस, काठमाडौं — तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको घटनाको नैतिक जिम्मेवारी आफूले लिएको तर भदौ २४ गते भएका घटनाहरू भने योजनाबद्ध भएको दाबी गरेका छन्। सोमबार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै लेखकले २३ गतेको दुःखद् घटनापछि नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिएको बताएका हुन्। बयानमा उनले भनेका छन्, “गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको हैसियतले त्यस घटनाबाट म अत्यन्तै मर्माहित भएँ। गहिरो पीडाबोधका कारण गृहमन्त्री पदमा रहेका व्यक्तिले पदीय नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने अठोटका साथ नैतिकताका आधारमा तत्काल राजीनामा दिएको हुँ। अहिले पनि म भन्छु— भदौ २३ को घटना हुँदा म देशको…
Read More
रवि–बालेनबीच ७ बुँदे सहमति, एउटै पार्टीबाट चुनाव लड्ने निर्णय

रवि–बालेनबीच ७ बुँदे सहमति, एउटै पार्टीबाट चुनाव लड्ने निर्णय

१३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीबाट निर्वाचनमा सहभागी हुने विषयमा ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार, रास्वपाको नेतृत्व रवि लामिछानेले गर्ने विषयमा बालेन सहमत भएका छन् भने रविले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने सहमति जनाएका छन्। सहमतिपत्रको बुँदा नम्बर ४ मा उल्लेख गरिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।” रवि लामिछाने र बालेनद्वारा हस्ताक्षरित सहमतिपत्रमा नेपालको समतामूलक र उन्नत विकासप्रति प्रतिबद्ध…
Read More
तीन दलका शीर्ष नेताको, प्रधानमन्त्री कार्कीद्वारा संयुक्त बैठक आह्वान

तीन दलका शीर्ष नेताको, प्रधानमन्त्री कार्कीद्वारा संयुक्त बैठक आह्वान

११ पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई सहभागी गराउँदै संयुक्त बैठक आह्वान गरेकी छन्। कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वलाई एकै ठाउँमा बस्ने गरी बैठक बोलाएकी हुन्, जसको आयोजना शनिबारका लागि तय गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बैठकको निम्तो दिइसकेको र मध्याह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर निम्तो दिएको जानकारी दिइएको छ। उनका अनुसार,…
Read More
बालेनको नयाँ राजनीतिक होमवर्क, आफ्नै पार्टी बनाउने दिशामा कुपण्डोलमा मध्यरातसम्म छलफल

बालेनको नयाँ राजनीतिक होमवर्क, आफ्नै पार्टी बनाउने दिशामा कुपण्डोलमा मध्यरातसम्म छलफल

१० पुस, काठमाडौं — रास्वपा सभापति रवि लामिछानेसँग करिब ६ घण्टा लामो छलफलपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै राजनीतिक दल गठन गर्ने तयारी तीव्र पारेका छन् । रविसँग ठोस सहमति जुट्न नसकेपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी बनाएर निर्वाचनमा जाने दिशामा गृहकार्य थालेका हुन् । सभापति लामिछानेको मुख्य उद्देश्य बालेनलाई रास्वपामै समेट्ने रहेको बुझाइ बनेपछि बालेनले कांग्रेस, एमालेसहित विभिन्न दलमा रहेका लोकप्रिय अनुहार तथा सामाजिक सञ्जाल र जनताबीच चिनिएका व्यक्तिहरूलाई साथमा लिएर अघि बढ्ने रणनीति बनाएका छन् । बालेनका स्वकीय सचिवालयका भूपदेव शाह, सुनिल लम्साललगायतले विभिन्न दलका चर्चित युवा नेताहरूसँग फोनमार्फत ‘एकपटक मेयरसँग भेटेर छलफल गरौँ’ भन्दै प्रस्ताव राखिरहेको बताइएको…
Read More
राहदानीदेखि श्रम स्वीकृतिसम्म वडा तहबाटै उपलब्ध गराउने तयारी : श्रममन्त्री

राहदानीदेखि श्रम स्वीकृतिसम्म वडा तहबाटै उपलब्ध गराउने तयारी : श्रममन्त्री

९ पुस, काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी र श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कागजात वडा तहबाटै उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियानको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् । वैदेशिक रोजगारीमा जाने क्रममा श्रम स्वीकृति लगायतका कागजात लिनुपर्दा श्रमिकहरूले ठगी र झन्झट झेल्नुपरेको उल्लेख गर्दै उनले ती समस्याको अन्त्यका लागि वडा तहबाटै सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए । सानो काम गर्नसमेत जटिल प्रक्रिया र झमेला झेल्नुपर्दा नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको मन्त्री भण्डारीको भनाइ छ । राज्यले…
Read More
शीतलनिवासमा तीन दलका शीर्ष नेताहरुसँग राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता

शीतलनिवासमा तीन दलका शीर्ष नेताहरुसँग राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता

८ पुस, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतृत्वसँग राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको यो पहिलो भेटवार्ता हो। शीतलनिवासमा जारी छलफलमा पछिल्लो राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने निर्वाचनका विषयमा केन्द्रित भएर कुराकानी भइरहेको स्रोतले जनाएको छ।
Read More
एमाले अध्यक्ष ओली कांग्रेस सभापति देउवासँग भेट्न महाराजगञ्ज पुगे

एमाले अध्यक्ष ओली कांग्रेस सभापति देउवासँग भेट्न महाराजगञ्ज पुगे

७ पुस, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर महाराजगञ्ज पुगेका हुन्, जहाँ भएको भेटमा देउवाकी पत्नी आरजु राणा देउवा पनि उपस्थित थिइन्। कांग्रेस सभापति देउवासँग भेट गर्न ओली महाराजगञ्ज पुगेका हुन्। यसअघि पनि मंसिर १० गते ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए। देउवा–ओली भेटपछि कांग्रेसका आठ जना पूर्वसांसदको तर्फबाट विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। त्यसअघि नै एमाले सोही विषयमा रिट लिएर अदालत पुगेको थियो। भदौमा भएको जेनजी आन्दोलनयता देउवा र ओलीबीच यो दोस्रो भेट…
Read More
‘सभापति बन्छु’: चुनाव क्षेत्रका कार्यकर्तामाझ गगन थापाको दाबी

‘सभापति बन्छु’: चुनाव क्षेत्रका कार्यकर्तामाझ गगन थापाको दाबी

७ पुस, काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्। काठमाडौं–४ का नेता तथा कार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले सभापतिमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन्। उनले आफू पार्टी सभापति बन्ने दाबी पनि गरे। ‘म १५औं महाधिवेशनका लागि पार्टी सभापतिको उम्मेदवार हुँ। म सभापति बन्न चाहन्छु र बन्छु,’ उनले भने। महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई पार्टीलाई नयाँ दिशामा लैजाने अवसर भएको उल्लेख गर्दै उनले क्रियाशील सदस्यता सम्बन्धी काम ढिलाइ भएकोप्रति असन्तुष्टि व्यक्त गरे। महाधिवेशन तोकिएकै समयमा हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। महामन्त्रीको भूमिकामा रहँदै आफूले पार्टी सभापति शेरबहादुर…
Read More
शीर्ष नेताको हस्ताक्षरबिना अघि बढ्यो कांग्रेसका सांसदहरूको रिट

शीर्ष नेताको हस्ताक्षरबिना अघि बढ्यो कांग्रेसका सांसदहरूको रिट

६ पुस, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेनन। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित केही सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। उक्त रिटमा पक्ष कायम गर्न कांग्रेसका अन्य सांसदहरूले पनि हस्ताक्षर गर्दै आएका छन्। संसदीय कार्यालय स्रोतका अनुसार कांग्रेसका निवर्तमान ८८ सांसदमध्ये आइतबार दिउँसोसम्म ६६ जनाले हस्ताक्षर गरिसकेका छन्। तर सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालासहित केही निवर्तमान सांसदहरूले भने हस्ताक्षर गरेका छैनन्। ‘निवर्तमान सांसद रहेका सभापति, कार्यवाहक सभापति र महामन्त्रीसहित शीर्ष…
Read More
एमालेको १९ सदस्यीय पदाधिकारी टिम चयन, ओली प्यानलको दबदबा

एमालेको १९ सदस्यीय पदाधिकारी टिम चयन, ओली प्यानलको दबदबा

३ पुस, काठमाडौं — नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ। १९ सदस्यीय पदाधिकारी चयनका लागि भएको निर्वाचनमा केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवारहरूको स्पष्ट वर्चस्व देखिएको छ। अध्यक्ष पदमा केपी शर्मा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका थिए। निर्वाचनमा दुई फरक–फरक प्यानल बनाएर उम्मेदवारी दिइएको थियो भने अधिकांश पदमा ओली प्यानलकै उम्मेदवारहरू निर्वाचित भएका छन्। पोखरेल प्यानलबाट भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै विजयी भएका छन्। सचिव पदमा सबै उम्मेदवारहरू ओली प्यानलकै निर्वाचित भएका छन्। अन्तिम रूपमा चयन भएको पदाधिकारी टोली यस प्रकार छः…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search